Rashtriya Dainik

नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखाको ७ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन

आरपि उपाध्याय /नवलपुर ,६ बैशाख

नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखाको ७ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन विनयी त्रिवेणीको त्रिवेणी धाममा शनिबार सम्पन्न भएको छ।
उपशाखा सभापति रन्नता काफ्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखालाई उत्कृष्ट बनाउन सबै रेडक्रसकर्मीहरुको सहयोग हुने बताउदै विपदको समयमा सहयोगी भावना तथा रक्त संकलन कार्यलाई अझबढी प्रभावकारी बनाउने कुरामा जोड दिनुभयो।


कार्यक्रममा वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीले रेडक्रसको विकासको लागि स्थानीय सरकारको पुर्ण सहयोग रहनुपर्ने धारणा राख्दै निस्वार्थ भावनाले काम गर्ने रेडक्रस संस्थाबाट मानव कल्याणको महानतम उद्देश्य पूरा गर्न केन्द्रित रहनुपर्ने धारणा राख्नुभएको थियो।
कार्यक्रममा त्रिवेणी गजेन्द्र मोक्ष क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले रेडक्रस संस्थालाई चलायमान गर्न आर्थिक क्रियाकलाप महत्वपूर्ण रहने हुँदा आयस्रोतको वैकल्पिक व्यवस्था गर्नको लागि पालिका र वडा सरकारले विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा निर्वाचन अधिकृत बाबुराम कडेलले निर्वाचन गतिविधिको विषयमा प्रकाश पार्दै रेडक्रस संस्था मानवीय सेवाको लागि समर्पित संस्था भएकोले यो संस्था कुनै पनि बिरामी रगतको अभावमा मर्न नपरोस भन्ने उद्देश्यले रगत संकलन कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउदै आएको जिकिर गर्नुभयो।
कार्यक्रममा कावासोती उपशाखा सभापति अमृता सिग्देल,त्रिवेणी धाम उपशाखा सहसचिव सन्तोष रौनियार लगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो।
सम्पन्न अधिवेशनले सन्तोष रौनियारको अध्यक्षतामा नयाँ उपशाखा समिति सर्वसम्मत चयन गरेको छ। जसको महिला उपाध्यक्षमा सरीता शर्मा, सचिवमा अच्युतमान श्रेष्ठ,उपसचिवमा विक्रम सिंह थापा,कोषाध्यक्षमा भुपाल रायमाझी सर्वसम्मत चयन हुनुभएको छ भने सदस्यहरुमा सुमित्रा ढकाल,गोबिन्द गौतम,रन्जित काफ्ले,तारादेवी भट्टराई लगायत चयन हुनुभएको निर्वाचन आयोगले जानकारी दिएको छ।
अधिवेशनमा सर्वसम्मत निर्वाचित हुनुभएका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत बाबुराम कडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सदस्य हेम न्यौपानेले जानकारी दिनुभएको छ।

सपथ ग्रहण समारोहमा निवर्तमान सचिव निरन्जन थापा,पत्रकार आर.पि. उपाध्याय लगायतले शुभकामना सहितको मन्तव्य व्यक्त गर्नुभएको जानकारी प्राप्त भएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखा नेपाल अधिराज्यकै उत्कृष्ट उपशाखा भएको जानकारी गराइएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित