Rashtriya Dainik

बुटवलमा ‘प्रेम’ प्रस्ताव राखेको विषयमा झैझगडा हुँदा एक युवतीमाथि गोली प्रहार

भैरहवा ,६ बैशाख ।

रुपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बुद्धनगरका २९ वर्षीया टिका विष्टमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिनुभएको हाे ।

वहाँका अनुसार खाजा घर चलाउने विष्टको ढाडमा गोली लागेको र वहाँकाे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने युवक फरार रहेको प्रहरीले जनाएको छ।

युवकले युवती समक्ष ‘प्रेम’ प्रस्ताव राखेको विषयमा झैझगडा हुँदा गोली प्रहार भएको बताइएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित