Rashtriya Dainik

देशमा सरकारबाट भैइरहेको प्रतिगमन र भ्रस्टाचार सहेर नबस्ने विप्लव नवलपरासीको उद्घोष,

नवलपरासी ,५ बैशाख

पाल कम्युनिस्ट पार्टी विप्लव पश्चिम नवलपरासीले प्रतिगमन र भ्रस्टाचार बिरुद्ध आज परासी बुद्धचोकमा जनप्रदर्शन गरेको छ ।

विप्लव नवलपरासीका जिल्ला ईन्चार्ज राजु सिको नेतृत्वमा निस्केको र्यालिले सदरमुकाम परासी बजार परिक्रमा गरि बुद्धचोकमा कोणसभामा परिणत भएको थियो ।

सो अवसरमा बोल्दै जिल्ला ईन्चार्ज राजु सिले अहिलेको सरकार भ्रस्टाचारमा लिप्त रहेको बताउनुभएको छ । देशको हरेक तह तप्कामा भ्रस्टाचारले जरो गाडी बसेको हुदा अहिलेको ब्यवस्था परिवर्तन गर्नु विकल्प नरहेको बताउनुभएको छ । देशका प्रमुख दलले नै पालैपालो सरकार परिवर्तन गर्ने, साना दल तथा नेता कार्यकर्ता, जनतालाइ भ्रस्टाचार गरेको भनी खोरमा हाल्ने तर अर्बौ भ्रस्टाचारमा मुछिएका प्रमुख तीन दलका नेता कार्यकर्तालाई कार्यवाही नगर्ने, हरेक तह तप्कामा आफ्नै पार्टीका कार्यकर्तालाई कर्मचारी राखी भ्रस्टाचार गर्न छुट दिई आफ्ना कार्यकर्ता पाल्ने नीति लिइ देशको अर्थतन्त्र चुसिरहेको हुदा अब यस्को अन्त्य गर्न विप्लव प्रदर्शनको जनलहर ल्याउने बताउनुभएको छ ।

सोझा साझा जनताले बिना सहुलिएत शैक्षिक सस्था, स्वास्थ्य सस्था, अस्तपताल देखि लिएर सरकारले निशुल्क गरेका विभिन्न क्षेत्रमा पनि कर तीर्ने गरेको र मोटो रकम तिर्न बाध्य रहेको हुदा यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने अन्यथा विप्लवले जनता सङ्ग हातेमालो गर्दै जस्तो सुकै कार्यवाही गर्न पछि नपर्ने र आगामी दिनमा अझ शसक्त भई अघि बढने चेतावती पनि दिनुभएको छ । साथै उहाले पछिल्लो समय सरकारको कार्यशैलिले निम्त्याएको बेथिती, बेरुजु र भ्रस्टाचारका बिरुद्ध राप्रपा लगाएतले गरेको जनप्रदर्शनमा हाम्रो पनि समर्थन रहेको हुदा सङ्गै सहकार्य गरि अधि बढन तयार रहेको तर अहिलेको ब्यवस्था हटाएर राजतन्त्र नै बिकल्प नभई समाजबादको बाटो जानुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केद्रीय सदस्य कमल सि लगाएतका वक्ताले देशमा देखा परेको अहिलेको अवस्थालाई अन्त्य गर्न एक पटक फेरि भ्रस्टाचारमा लिप्त रहेका दलहरु सङ्ग लडने बेला आएको बताउनुभएको छ । उहाले निर्वाचनका बेला जनतालाई विभिन्न आश्वासन दिई झुठको खेती गरेका यी भ्रस्टाचारिहरुलाई तह नलगाए सम्म आफुहरुले चुप लागेर नबस्ने आक्रोश पनि जनाउनुभएको थियो ।

सो अवसरमा श्रमिक मोर्चाका केन्द्रीय सदस्य रामप्रीत सि, पार्टीका प्रदेश कमिटी सदस्य हरिकला सि, जिल्ला अध्यक्ष रबिन्द्र सि कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित