Rashtriya Dainik

पाल्हीनन्दन गाउँपालिकाले कार्य अनुभव नभएको भन्दै कर्मचारी फिर्ता पठाउन काट्यो पत्र

राष्ट्रिय दैनिक / नवलपरासी ,५ बैशाख

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले लेखा सहायक जीवन पराजुलीलाई फिर्ता लैजानका लागि लुम्बिनी प्रदेश सरकार समक्ष आग्रह गरेको छ।

प्रदेश लोक सेवा आयोगबाट नियुक्त भई गाउँपालिकामा कार्यरत पराजुलीले कार्यालयको लेखा शाखामा कार्य अनुभव नभएकाले प्रभावकारी सेवा प्रवाहमा कठिनाइ भएको उल्लेख गरिएको छ।

२०८१ चैत २१ गते जारी गरिएको पत्रमा पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) र प्रमुख प्रशासन अधिकृत बृजकिशोर प्रसादद्वारा हस्ताक्षरित सिफारिसमा लेखा शाखामा दक्ष र आवश्यक अनुभव भएका कर्मचारीको खाँचो भएको भन्दै नयाँ कर्मचारी खटाउन अनुरोध गरिएको छ।

यस निर्णयसँगै गाउँपालिकाको सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित