पश्चिम नवलपरासी , चैत ५ गते ।
रु १२ करोडको लागतमा पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाको निर्माणाधीन मुख्य प्रशासनिक भवन अन्तिम चरणमा पुगेको छ । देश भरि विभिन्न योजनाहरूको निर्माण कार्य ढिलाई भई रहेको भए पनि गाउँपालिकाले प्रशासनिक भवन निर्माण कार्यलाई तिव्रता दिए पछि अहिले अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको हो ।

करिब ९ कट्ठा जग्गामा उतm प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा छ । रु ,१२ करोड लागतको बन्ने प्रशासनिक भवन अपाङ्गमैत्री समेत छ । गाउँपालिकाको प्रशासनिक भवन गाउँपालिकाको मुख्य पूर्वाधार हो तसर्थ जनप्रतिनिधिको दोश्रो कार्यकालमा नयाँ जनप्रतिनिधि आए पछि मुख्य प्राथमिकतामा राखेर प्रशासनिक भवन निमार्ण गरिएको अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिनुभयो ।
यसै आर्थिक वर्ष भित्र आफ्नो प्रशासनिक भवनमा सर्ने लक्ष्य रहेको छ । अहिले भवनको निर्माण अन्तिम चरणमा पुगेको गाउपालिका अध्यक्ष यादवले बताउनुभयो ।
अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा हालसम्म दुई वटा भवन भाडामा लिई कार्यालय सञ्चालन हुँदै आएकोले जति सक्दो चाँडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागेको छ ।
यादव अनुसार साविक प्रतापपुर गाविसलाई गाउँपालिकाको सदरमुकाम तोकिएको र सो स्थान नजिकै भवन निर्माण गर्नुपर्ने नीतिगत बाध्यताका कारण विगत वर्षमा भवनको निर्माण हुन सकेको थिएन । यद्यपि सबै नीतिगत बाध्यतालाई व्यवस्थापन गरि अब भवन निमार्ण कार्य सम्पन्न गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

