Rashtriya Dainik

कालिकामाई युवा समाजलाई उपाध्यक्ष बरैनिले गरिन् कार्यालय सामग्री सहयोग

राजन कुमार बानिया
पर्सा ३ बैशाख
पर्साको कालिकामाई गाउँपालिकाकी उपाध्यक्ष राजमति देवी बरैनीले कालिकामाई युवा समाजलाई कार्यालय व्यवस्थापनको लागि दराज-१ थान,टेबल-१ थान,रिभोल्भिङ्ग कुर्सी-१ थान,प्लास्टिक कुर्सी-१५ थान लगायतका सामाग्रीहरु सहयोग गर्नुभाएकोछ!

उपाध्यक्ष राजमति देवी बारैनिले
कालिकामाई युवा समाज जस्ता सामाजिक कार्यमा समर्पित युवाहरुको संगठनलाई सुरुवाती दिन देखि नै सहयोग गर्दै आएको र पालिका भित्रको भ्रस्टचार तथा अनियमितताको अन्त्य गरी स्वक्ष ,समृद्ध र विकशित पालिका निर्माण गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने भएकोले आफू सधै युवाहरुको साथमा रहेको बताउँदै अझ सशक्त भई आफ्नो लक्ष्य तर्फ अघि बढ्न कालिकामाई युवा समाजलाई आग्रह गर्नुभयो!

कालिकामाई युवा समाजको अध्यक्ष आकाश चौरसियाले उपाध्यक्ष बरैनी आफै call गरी कार्यालय समग्री संस्थाको कार्यालय सम्म पुर्याएर हस्तान्तरण गर्नुभएकोमा संस्थाको तर्फबाट धन्यबाद प्रकट गर्दै यस सहयोगले अझ सशक्त भई आफ्नो कर्तव्य निर्वाह गर्न हौसला प्रदान भएको र आफूहरु सधैं सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्दै संस्थाको स्थायी कार्यालय चाँडै उदघाटन गर्ने र सहयोगी सम्पूर्णलाई सम्मानित गर्ने जानकारी दिनुभयो!

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित