Rashtriya Dainik

विगतमा गरिएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्नेछु : माओवादी अध्यक्ष प्रचण्ड

आरपि उपाध्याय / नवलपरासी ,३ बैशाख

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले विगतमा गरिएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्ने बताउनु भएको छ।

अध्यक्ष प्रचण्डले उत्पीडन वर्गको समस्यालाई समाधान गर्दा उक्त मुद्दा जुन रुपमा उठाउन पर्ने हो त्यसमा केही कमी हुन गएकोले समृद्धिमा पनि कमी आएको बताउदै पुराना मुद्दालाई सम्बोधन गरेरै अगाडि बढ्ने जिकिर गर्नुभयो।


हुलाकी मार्गको वरिपरिको जनता संगको सम्बन्धलाई अझ बढी बलियो बनाउने उद्देश्यले यो अभियान अगाडि बढेको धारणा राख्दै प्रचण्डले भ्रष्टाचारीहरुको कारणले नै जनताको आकांक्षा,इच्छामा कुठाराघात हुन गएकोमा त्यस विरुद्धको अभियानलाई मेची महाकालीसम्म पुर्याइ नेपाली जनतालाई न्याय दिने प्रचण्डको भनाइ रहेको थियो।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति नवलपरासी (ब.स.प.) संघीय निर्वाचन क्षेत्र न.१ को आयोजनामा जनता संग माओवादी तराई मधेस जागरण अभियान खबरदारी जनसभालाई प्रतापपुरको बेलाटारीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो।
यस पुर्व अध्यक्ष प्रचण्डले पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ स्थित गजेन्द्र मोक्ष धामको पनि निरीक्षण र अवलोकन गर्नुभयो।
सो अवसरमा करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले अध्यक्ष प्रचण्ड सहित माओवादी केन्द्रका नेताहरुलाई स्वागत गर्दै गजेन्द्र मोक्ष धाममा भएको धार्मिक गतिविधि र निर्माण कार्यमा भएको प्रगतिबारे जानकारी गराउनु भएको थियो।


अध्यक्ष प्रचण्डले प्रतापपुर गाउँपालिकाको जनप्रतिनिधिहरु संग भेटघाट गर्नुभयो। सो अवसरमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले पुर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै गतिहीन अवस्थामा रहेको हुलाकी सडक निर्माण सम्बन्धि ध्यानाकर्षण पत्र बुझाउदै केरा र उखु खेतीमा देखापरेको समस्याबारे पनि ध्यानाकर्षण गराउनु भएको जानकारी प्राप्त भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित