Rashtriya Dainik

सरावलमा ११ दिने अभिनय तालिम शुभारम्भ

राष्ट्रिय दैनिक / नवलपरासी ,२ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मनरीमा ११ दिने अभिनय तालिम शुभारम्भ भएको छ।


स्थानीय कलाकारहरुकाे प्रवर्द्धन तथा क्षमता अभिवृद्धिका लागि कन्टेन्ट नेपाल प्राेडाेक्सन प्रा.लि बर्दघाट ४ काे आयाेजना तथा सरावल गाउँपालिकाकाे आर्थिक सहयोगमा उक्त तालिम सुरु भएको हाे ।

सरावल गाउँपालिका वडा नम्बर २ काे कार्यवाहक वडा अध्यक्ष तुफानीलाल गुप्ताकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा अभिनय तालिम सुरुवात भएको कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले प्रत्येक व्यक्तिले जीवनलाई सार्थक बनाउन आफ्नो प्राथमिक काम सँगसँगै विभिन्न सामाजिक गतिविधिहरूमा सक्रिय भई लागेमा आफ्नो व्यक्तित्व विकाससँगै समाजमा छुट्टै पहिचान बनाउन सफल हुने बताउनुभयो ।
उहाँले अरुको नक्कल गरेर होइन आफूभित्रको खुबीलाई चिनेर समाजमा प्रस्तुत गर्नसके समाजले सधैँ सम्झिरहने बताउनुभयो । पढ्ने विद्यार्थी पढाइलाई बिशेष प्राथमिकता दिई कला र अभिनयलाई सहायक कामकाे रुपमा अगाडि बढाउनुपर्ने बताउनुभएको थियोे ।

अभिनय तालिम शुभारम्भ कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , वडा नम्बर १ वडा अध्यक्ष बिष्णु भट्टराई ,सरावल उद्योग बाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरे ,पत्रकार उमेश बि.क, न्युज कुरा डटकमका निर्देशक नारायण भण्डारी ,कलाकार बिन्दु सिंह ,प्रशिक्षक द्वय सरिता साह र अनिल कुर्मी लगाएतले प्रशिक्षार्थीहरुलाई दत्तचित्त भएर तालिममा सिक्नुपर्ने कुरामा जाेड दिनुभएको थियोे ।

बैशाख २ गतेदेखि सन्चालन भएको अभिनय तालिम बैशाख १२ गतेसम्म सन्चालन हुने कन्टेन्ट नेपाल प्राेडाेक्सन प्रा.लि का सन्चालक भुप नारायण चाैधरीले बताउनुभएको हाे। कन्टेन्ट नेपाल प्राेडाेक्सन प्रा.लि का सन्चालक भुप नारायण चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको अभिनय तालिमकाे कार्यक्रम सन्चालन बिष्णु खनालले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित