Rashtriya Dainik

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रतापपुरद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

नवलपरासी -क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रतापपुर गाउँ संगठन समितिले मंगलवार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

जनगणतन्त्रको प्राप्तिको लागि जनमत तयार गर्न जनसम्बन्ध विस्तार अभियान जारी राखेको पार्टीले पार्टीको गाउँ संगठन समिति सदस्य तथा क्रान्तिकारी युवा संघका पालिका संयोजक दिनेश पासीका बुवा प्रेम नारायण पासीको स्मृतिका श्रद्धाञ्जली सभा गरेको हो ।

प्रतापपुर–५ बसहियास्थित पासीको निवासमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, जिल्ला कार्यालय सदस्य दुर्गानारायण चौधरी, सचिवालय सदस्य तथा प्रतापपुर संयोजक यम बहादुर गुरुंग , सुस्ता संयोजक सोमबहादुर विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै पार्टीको जिल्लास्तरीय अभियान टोलीले भारतीय सीमावर्ती क्षेत्रको निरीक्षण तथा अवलोकन समेत गरेको पार्टीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित