Rashtriya Dainik

सुनवल युनाइटेड अङ्ग्रेजी आवासीय मा.बि मा नतिजा प्रकाशन तथा पुरस्कार वितरण

अमृता सुनार/ नवलपरासी ,२ बैशाख

सुनवल युनाइटेड अङ्ग्रेजी आवासीय मा बि सुनवल ४ नवलपरासीको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रीन्सिपल धनराज चापागाईंको अध्यक्षता एवम सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमका बिच नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले सुनवल नगरको शैक्षिक विकासको लागी उत्कृष्ट भुमिका खेलेको बताउदै विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहेको बताउनुभयो । यस्तै सुनवल नगर उपप्रमुख सुर्य दुवेले शैक्षिक गुणस्तरलाई अझै वद्धि गर्दै नमुना विद्यालयका रुपमा परिचित हुनेछ भन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष विद्यालयका प्रीन्सिपल धनराज चापागाईंले २०७१ साल देखि एसएलसी परीक्षा दिलाउन सुरु गरेको विद्यालयले हाल सम्म २ सय १३ जना विद्यार्थी हरुलाई उत्कृष्ट अंक सहित उत्तिर्ण गराउन सफल रहेको र आगामी दिनमा विद्यार्थीहरुलाई सबै क्षेत्रमा अब्बल हुने खालको शिक्षा प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयकी शिक्षिका गंगा चापागाईको स्वागत मन्तव्य रहेको कार्यक्रममा सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु गोतामे, वडा नं ४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनी, जिसन नवलपरासीका अध्यक्ष थमन शेरचन, प्याब्सनका अध्यक्ष डम्बर गुरुङ्ग लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा शैक्षिक क्षेत्र लगाएत विद्यालयमा संचालन गरिएका विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट हुने छात्राछात्रलाई पुरस्कार वितरण गरिएको कार्यक्रम संचालिका गिता बस्यालले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित