Rashtriya Dainik

सखुवा पर्सौनी गाउँपालिका वडा-६ मा मन्त्री जयसवाल द्वारा मन्दिर पर्खालको शिलान्यास

वीरगञ्ज ।

खेलकुद तथा समाज कल्याण मधेस प्रदेशका मन्त्री प्रमोद जैसवालले पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा-६ मा मन्त्री जयसवाल द्वारा मन्दिर पर्खालको शिलान्यास
गरेका छन् ।

शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री जैसवालले महत्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्न आग्रह गर्दै धेरै मागेर योजना अपुरो छोड्नु भन्दा थोरै माग गरेर पूर्ण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “धेरै भारि बोके बिचैमा छोड्नु पर्ने हुन्छ । त्यसैले विकासका आयोजना थोरै आवश्यकता र महत्व हेरेर माग गर्नुपर्ने हुन्छ ।
विगतमा आयोजना शिलान्यास भएर सम्पन्न नभएका धेरै घटनाहरू रहेको सङ्केत गर्दै सोही कारण तीनै तहका सरकार प्रति नागरिकको नैराश्यता बढेको उहाँको भनाइ छ ।

मन्त्री जैसवालले नागरिक आफ्नो कुलदेवताको मूर्तिदेखि सामूदायिक भवन पनि सरकारले बनाइ दियोस भन्ने आकांक्षामा छन् । सबै कुरा सरकारले गर्छ, हामीले केही गर्नु पर्दैन भन्ने सोचमा नरहन उहाँले आग्रह गर्नुभयो । शिलान्यासको क्रममा सखुवा प्रसौनी गाउँपालिकाका पुर्ब गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल, सखुवा प्रसौनी गाउँपालिकाका उपा अध्यक्ष शर्मिला बिष्ट महतो , पटेर्वा सुगौली गाउँपालिका उप अध्यक्ष प्रत्याशी मन्तुरा चौधरी , सखुवा प्रसौनी गाउँपालिका वडा नं ६ वडा अध्यक्ष मुना कम्कर, सखुवा प्रसौनी गाउँपालिका वडा नं ३ पुर्ब वडा अध्यक्ष सलिम मिया एव स्थानीयवासी बुद्धिजीवी लगायतका सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित