Rashtriya Dainik

काङ्ग्रेस नवलपुरका सभापति जि.सी.द्वारा नव वर्ष २०८२ को शुभकामना सन्देश

आरपि उपाध्याय / नवलपरासी ,१ बैशाख

नेपाली काङ्ग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जि.सी.ले नव वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना सन्देश दिनुभएको छ।
सभापति जि.सी. ले नव वर्षको अवसरमा देश,विदेशमा रहनु भएका सम्पुर्ण नवलपुर बासी,दिदीबहिनी तथा दाजुभाइहरुमा सुख,शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनाका साथै नयाँ वर्ष २०८२ ले हामी नवलपुर बासी नेपालीबिचको एकतालाई अझ बढी सुदृढीकरण गर्दै जिल्लाको सामाजिक, आर्थिक,साँस्कृतिक लगायत विभिन्न विकास कार्यमा सम्पुर्ण राजनीतिक दल तथा जिम्मेवार निकायको आपसी समझदारीले हरेक कार्यलाई सम्पादन गर्न सकियोस भन्दै सबैमा शुभकामना व्यक्त गर्नुभएको हो।

गण्डकी प्रदेश सभा सदस्य समेत रहनु भएका सभापति जि.सी.ले नेपाली काङ्ग्रेस आबद्ध विभिन्न निकायमा रहनु भएका जिल्ला बासी दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य,आरोग्यता तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको शुभकामना संदेशमा उल्लेख गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित