Rashtriya Dainik

सिघा नजर मिडियाकाे क्यालेन्डर विमोचन तथा शुभकामना आदान-प्रदान

सुरेश यादव / नवलपरासी ,१ बैशाख

सिघा नजर मिडिया प्रालि पश्चिम नवलपरासीले प्रकाशन गरेको नया बर्ष २०८२ सालको टेबल क्यालेन्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सरावल गाउपालिका वडा नम्बर-४ गोबरहियामा आयोजित समारोहमा सिधा नगर अनलाईनका संचालक एवम प्रबन्ध निर्देशक महेश यादवको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख भगौती यादव (रुदल) को प्रमुख आथित्यततामा कार्यक्रम सम्पन्न भएको हो । क्यालेन्डरको विमोचन गर्दै जिसस प्रमुख यादवले अहिले संचार माध्यमहरुले सुचना प्रवाह गर्दा सकारात्मक भन्दा पनि नकारात्मक कुराहरु बढि सम्प्रेषण गर्ने गरेको बताउनुभयो । उहाले सबल पक्षको रुपमा स्थानिय तहले गरेका कार्य सम्पादन र सेवा प्रवाहबाट स्थानियहरु कतिको सन्तुष्ट छन् भन्ने विषय उजागर गर्न जरुरी रहेको बताउनुभयो ।

विशेष अथिती प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले चुनावका समयमा गाउबासीसंग गरेको वाचा करिब ७५ प्रतिशत पुरा भएको र बाकी काम पाच बर्षभित्रै पुरा गर्न नसके चुनाव नलड्ने प्रतिबद्धतता ब्यक्त गर्नुभयो ।उहाले विकाश झुकाएर गर्ने राजनिती नभई आफुले गरेको बाचा कुनै पनि हालतमा पुरा गर्नुपर्ने यदि गर्दै जादा कहि कतै पुरा नभएको खण्डमा जनतालाई सुचित गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

यस्तै सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले सुचना सन्देश प्रवाह गर्दा सत्य तथ्यमा आधारित रहेर विश्वसनिय सुचना सम्प्रेशण गर्न आग्रह गर्नुभयो । उहाले सामाजिक संजालको भरमा सम्बन्धित ब्यक्तिसंग नबुझी हचुवाको आधारमा मात्र कलम नचाउन आग्रह गर्दै त्यसलाई पुष्टि गरेर मात्र लेख्न आग्रह गर्नुभयो । पालिका उपाध्यक्ष बासमती हरिजनले बिशेष गरि पछाडी परेका महिला दिदिबहिनी, बालवालिकाहरुको आवाजलाई पनि मिडियामार्फत उठान गर्नु हुनेछ भन्ने अपेक्षा समेत प्रकट गर्नुभयो ।

कार्यक्रमलाई समापन गर्दै सिधा नजर मिडियाका संचालक महेश यादवले जिल्लाको उत्कृष्ट अनलाईनको रुपमा स्थापित गराउन सहयोग गर्नुहुने सम्पुर्णमा अभार ब्यक्त गर्दै आगमी दिनमा पनि साथ र सहयोगको अपेक्षा राख्दै धन्यवाद तथा शुभकामना ब्यक्त गर्नुभएको थियो । उहाले यो छोटो समयमा नै सबैको साथ पाएको भन्दै आगमी दिनमा पनि जनताको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमा नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य परुषोतम सुबेदी, प्रेस युनियनका जिल्ला अध्यक्ष उमेश बिक, परासी प्र्स क्लबका अध्यक्ष मोहन पौडेल,सरावल उधोग बाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरेलगायतले सिधा नगर मिडियो सफलताको शुभकामना दिनुभएको थियो । सिधा नजर मिडियाका कार्यकारी निर्देशक सुरेश यादवको स्वागत मन्तब्यमा रहेको कार्यक्रमको सन्चालन सल्लाहकार रन्जित शर्माले गर्नुभएको थियो ।सिधा नजर मिडीया प्रालिले सिधा नजर अनलाईन सन्चालन गर्दै आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित