पर्सा , ३१ चैत
रक्तदान जिवनदान भन्ने नाराको साथै आज पर्साको पोखरिया नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
पोखरिया नगरपालिका र नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाको संयुक्त अायोजनामा रेडक्रस उपशाखाको सभाहलमा भएको रक्तदान कार्यक्रममा तिन महिला सहित ७३ जनाले रक्तदान गर्नु भएको छ।
रक्तदान कार्यक्रमका उद्घाटन प्रमुख अतिथि पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानले गर्नेु भएको थियो।कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति भगवान कुर्मीको सभापतित्वमा सम्पन्न भएको थियो।
रक्तदान कार्यक्रममा पुर्व नगर प्रमुख दिपनारायण रौनियार ,वडाअध्यक्ष लक्ष्मण साह कानु, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिसोर पटेल , बल्डबैंक प्रमुख सौरभराज पाण्डे ,नेकपा एमालेका नगर अध्यक्ष बिन्धाचल ठाकुर ,लेखपाल मन्दिप महतो, नगर प्रहरी प्रमुख दिनेश चौहान,उपशाखा सदस्य चन्द्रभुषण पटेल,बिश्वबन्धु गिरी,सुरेन्द्र पटेल,लगायतको सहभागिता रहेको थियो।

रक्तदान गर्ने हरुलाई उपशाखा सभापति भगवान कुर्मीले प्रमाण पत्र समेत बितरण गर्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

