Rashtriya Dainik

पूर्व मन्त्री त्रिपाठी हारे पालिका अध्यक्ष यादवसंग गाली बेइज्जती मुद्दा

नवलपरासी,३१ चैत ।

पूर्वमन्त्री हृदयेस त्रिपाठीले हालेको गाली बेइज्जती मुद्दामा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवको पक्षमा फैसला भएको छ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री त्रिपाठीले दायर गरेको गाली बेइज्जती मुद्दामा जिल्ला अदालत नवलपरासी पश्चिमले प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवको पक्षमा फैसला गरेको हो ।

जस अनुसार यस अगाबै यादवले आफुले त्रिपाठीलाई कुनै किसीमको गाली बेइज्जती नगरेको दावी गर्दै आएका थिए । सोही अनुसारको त्रिपाठीले लगायको आरोपको दावी नपुग्ने भन्दै अध्यक्ष यादवको पक्षमा अदालतले फैसला गरेको हो । यस वारे अध्यक्ष यादवले अदालतको फैसलालाई सम्मान गर्ने बताउनुभयो ।

त्रिभुवन मावि बेलाटारीका विद्यार्थीका लागि कक्षाका लागि त्रिभुवन क्याम्पसको कक्षा कोठा व्यवस्थापन गर्ने क्रममा उत्पन्न विवादपछि त्रिपाठीले गाली गरेको आरोप लगाउँदै यस अगाबै २०८० साउन ३१ मा मुद्दा दायर गरेका थिए। यद्यपी १५ पेशीपछि अदालतले “दावी नपुगेको” भन्दै आईतवार निर्णय गरेको जिल्ला अदालत नवलपरासीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित