Rashtriya Dainik

एमाले प्रतापपुर गाउ कमिटिद्वारा आयोजित कार्यक्रममा अन्य पार्टि परित्याग गरि २७५ जना प्रवेश

सुरेश यादव / नवलपरासी ,३१ चैत

पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका-७ सुर्यपुरामा पालिका केन्द्रित जरा अभियान तथा पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

प्रतापुर गाउ कमिटीद्वारा आयोजित सभामा केन्द्रिय सदस्य विमला अर्यालको प्रमुख अतिथ्यतता तथा प्रतापपुर-९ गाउ कमिटि अध्यक्ष राधेश्याम थापाको अध्यक्षतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले सर्बहारा बर्गको पक्षमा काम गर्ने पार्टि एमाले रहेको बताउनुभएको छ । उहाले वृद्धभत्ता,विपन्न आवास कार्यक्रम,पालिका स्तरिय अस्पताल निर्माण,दिर्घरोगीलाई राहत सुविधा,स्कुलमा दिवा खाजाको ब्यवस्था,शिक्षा र यातायातलगायतको क्षेत्रमा थुप्रै काम गरेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले प्रतिनिधि सभा सांसद बिनोद चौधरीले जनताको सवालमा केहि नबोली भ्रमको खेती गरिरहेको आरोप लगाउनुभएको छ। उहाले समानुपातिक सांसद सरिता खनाल (भुसाल)ले केरा,उखु, डुवानको समस्यालगायतका बारेमा संसदमा बारम्बार कुरा उठाइरहदा चौधरी भागिरहेको भन्दै उनको पछि लाग्नु ब्यर्थ रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख भगौती यादव,प्रदेश कमिटी सल्लाहकार रामलखन हरिजन,एमाले स्कुल केन्द्रिय विभाग बद्रीनाथ खनालले बोल्दै देशको निकाश दिने पार्टि एमाल नै रहेको जोड दिनुभएको थियो। उनिहरुले ब्यापारीको पछि नलाग्न आग्रह समेत गरेका थिए ।

बलबहादुर चौधरीको स्वागत मन्तब्य रहेको पालिका केन्द्रित जरा अभियान तथा पार्टि प्रवेश कार्यक्रममा कांग्रेस, माओवादी तथा अन्य दलमा आबद्ध २७५ जना एमालेमा प्रवेश गरेका छन्। उनिहरुलाई पार्टीको सिद्धान्त, नीति र भावी कार्य योजनाको बारेमा जानकारी गराउँदै संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको कार्यक्रम संचालक सचिव दानबहादुर चौधरीले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित