उमेश बि.क / नवलपरासी ,३० चैत
थारु मिलन केन्द्र नेपाल पश्चिम नवलपरासीको अध्यक्षमा देवानन्द सिंह फौजदार चयन हुनुभएको छ।

शनिबार सरावल गाउँपालिका वडा नम्बर १ तुल्सीपुरमा भएको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनबाट फौजदारको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो।

जसको उपाध्यक्षमा श्यामकुमारी चौधरी, सचिवमा शत्रुधन चौधरी, सहसचिवमा प्रियंका चौधरी कोषाध्यक्षमा गीता देवी चौधरी र सदस्यहरूमा हरिमाया थारु, हरिनारायण चौधरी, रिता फौजदार, आशादेवी चौधरी, मानबहादुर चौधरी, हरिराम थारु चएन भएका छन् ।

थारु मिलन केन्द्रकाे संस्थापक अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिकाकाे अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हाे।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले सरावलको हरेक समुदाय विकासका लागि आफु लागिपरेको बताउदै सधै साथ र सहयोग रहिरहने प्रतिबद्धता जाहेर गर्दै नवनिर्वाचित सबैलाई शुभकामना दिनुभएको थियो।

सो अवसरमा पूर्व शिक्षा राज्यमन्त्री गोविन्द प्रसाद चौधरी, थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य सुर्यमान प्रसाद चौधरी, थाकस जिल्ला अध्यक्ष मुन्द्रिका प्रसाद चौधरी, थाकस केन्द्रिय पार्षद पशुपति चौधरी नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश चौधरीलगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

