Rashtriya Dainik

सशस्त्र प्रहरीद्वारा लागु औषध सहित तीन भारतीय नागरिक पक्राउ

पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका वडा नं.३ बेलासपुर स्थित दुर्गा मन्दिर चोकबाट लागू औषध जस्तो देखिने ब्राउन सुगरसहित ३ व्यक्ति नियन्त्रणमा परेका छन।
सशस्त्र प्रहरी बल २६ न. गण हे.क्वा. पश्चिम नवलपरासीले ब्राउन सुगरजस्तो देखिने खैरो धुलो १४९ प्याकेट बरामद गरेको हो।
सशस्त्र प्रहरी बलको नियमित गस्तीमा गएको २६ न. गणका सशस्त्र प्रहरी निरीक्षक सहदेव चौधरीको नेतृत्वमा ७ जनाको टोलीले उक्त अवैध लागू औषध बरामद गरेको गणका सुचना अधिकारी डिएसपी यज्ञमान साउदले जानकारी दिनुभएको छ।
भारत उत्तरप्रदेश महाराजगन्जको हरी सुनार ग्राम पन्चायत बस्ने वर्ष ४५ का अमरजित हरिजन ,महाराजगन्जकै रेगहिया ग्राम बस्ने वर्ष २५ का कपिलदेव सहानी र महाराजगन्जकै ठुठीबारी ग्राम पन्चायत मर्चहवा बस्ने वर्ष २१ को दिलीप गौतमलाई सशस्त्र प्रहरी बलको गस्ती टोलीले नियन्त्रणमा लिएको हो।
लागू औषध कारोबारीहरुले प्रयोग गरेको युपी ५६ के ८६७८नम्बर युपी ५६ के १९५६ नम्बरको मोटरसाइकल नियन्त्रण गरेको सुचना अधिकारी डिएसपी साउदले जानकारी दिनुभएको छ।
नियन्त्रणमा लिइएका लागू औषध ओसारपसार गर्ने तीनै जना अभियुक्तलाई सवारीसाधन सहित जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा बुझाउने प्रक्रिया अगाडि बढाइएको २६ न. गणले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित