Rashtriya Dainik

ब्राउन सुगर र मोटरसाइकल सहित तीन भारतीय नागरिक पक्राउ

बिनाेद निगम / नवलपरासी ,२९ चैत

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरबाट सशस्त्र प्रहरी बल २६ नम्बर गण बेलासपुरले ब्राउन सुगर र दुईवटा मोटरसाइकल सहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।

महेशपुरदेखि परासीतर्फ आउँदै गरेका दुईवटा भारतीय मोटरसाइकलमा सवार ती व्यक्तिहरू पतञ्जलिको पिठोभित्र लुकाएर ल्याउँदै गरेको १४९ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्।

सूचना अधिकारी यज्ञमान साउथका अनुसार, एक ग्राम ब्राउन सुगरको मूल्य ८–१० हजार रूपैयाँ पर्ने हुँदा बरामद लागुऔषधको बजार मूल्य करिब १५ लाख रूपैयाँ बराबरको छ।

पक्राउ पर्नेमा महाराजगंज जिल्ला हरी सोनार ग्राम पञ्चायत बस्ने अन्दाजी ४६ का अमरजीत हरिजन , रेगहिया ग्राम पञ्चायत बस्ने अन्दाजी २५ का कपिलदेव साहनी र ठुठीबारी ग्राम पञ्चायत मर्चहवा बस्ने अन्दाजी २१ का दिलिप गौतम रहेका छन् ।

उनीहरूको साथबाट सामसुङ मोबाइल ३ थन केही नेपाली र भारतीय खुद्रा पैसाहरू र आधार कार्ड र पाँच थान एटिएम कार्ड फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित