Rashtriya Dainik

दुर्गा प्रसाईंले भारतको आसाम प्रहरी समक्ष आत्मासमर्पण

काठमाडौँ ,२८ चैत – राजसंस्थावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ।

गत चैत १५ गतेको राजसंस्थावादीहरूको आन्दोलनपछि उनी वेपत्ता भएका थिए। तर उनले पटक/पटक आफू सुरक्षित रहेको र आफ्नो ज्यान खतरामा रहेको भन्दै भिडियो सन्देशहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

उनले बुधबार मात्र भिडियो सन्देश जारी गर्दै आफ्नो ज्यान खतरामा रहेको भन्दै मानवअधिकारीवादी, कानून व्यवसायी तथा पत्रकारहरूको रोहवरमा २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित