सुरेश यादव / नवलपरासी ,२७ चैत
नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा आजदेखि गाडी बन्द गरेर २० दिन काम हुने भएको छ ।
बैशाख २७ गते आजदेखि चैत्र ३१ गतेसम्म विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म र वैशाख १ गतेदेखि १५ सम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी रोक्ने निर्णय भएको हो ।
सडक बन्द हुने समयमा बुटवलबाट नारायणघाटतर्फ जाने यात्रुवाहक गाडी चिसापानी–बर्दघाट र मालवाहक गाडी ज्यामिरे–हकुई खण्डमा रोक्न सकिनेछ ।भने नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक गाडी होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजारसम्म र मालवाहक गाडीलाई चोरमारा–अरुणखोला सम्ममा रोक्नको लागि ठाउँ छुट्याइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।
सवारी चालकले गाडी रोक्दा र चलाउँदा कडाइसाथ आफ्नो लेन अनुशासन कायम राख्न र ओभरटेक नगर्न प्रहरीले आग्रह गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

