सुरेश यादव / नवलपरासी ,२७ चैत
पश्चिम नवलपरासीका स्थानीय तहले खेतमा लगाएको गहुँ काटिसकेपछि डाँठमा आगो लगाउनेलाई कानुनबमोजिम कारबाही गर्ने भएका छन् ।
गहुँ काटिसकेपछि डाठमा आगो लगाउदा आगलागीको घटना हुन सक्ने , माटोको उर्बरा शक्ति कमी आउने, उत्पादन तथा उत्पादकत्वमा असर पुग्ने र वातावरण समेत प्रदुषण हुने भएकाले त्यसो नगर्न किसानहरुलाई सुझाव दिएको छ ।
हरेक वर्षजसो गहुँ काटेपछि खेतमा रहेको डाठ जलाउने क्रममा आगलागीका घटना घट्ने भन्दै बरु त्यसलाई कम्पोष्ट मल बनाउन र पशु आहाराको रुपमा प्रयोग गर्न आग्रह गरिएको छ। सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले गहु काटिसकेपछि डाठमा आगो लगाउदा आगलागीको घटना घट्न सक्ने भएकाले त्यस्तो काम नगर्न नगराउन आग्रह गर्नुभएको छ । यदि अटेर गरि आगो लगाउने काम गरेको पाइएमा २५ हजार जरिवाना हुने बताउनु भएको छ।
पाल्हिनन्दन गाउँपालिका-३ अशोक यादवले गहुँको डाठबाटै भुस बनाएर २ हप्तामा करिब ५ लाखसम्म आम्दानी गरेको बताउनुभएको छ । उहाले एक ट्याक्टर भुसको चार हजारदेखि चार हजार पाच सयसम्म विक्री हुने गरेको बताउनुभयो ।
यता सुनवलन गरपालिका-२ मा रहेको समाबेशी कृषि सहकारी संस्था लिमिटेडले गहु काटिएको खेतमा भुस बनाउने मेसिनको प्रयोग गरि एक हप्तामा ३ लाख आम्दानी गरेको जनाएको छ । सहकारीका ब्यवस्थापक महेश्वर अर्यालले एक ट्याक्टर भुस चार हजार पाच सयमा विक्री हुने गरेको बताउनुभयो ।उहाले कतिपय किसानहरुले शिक्षाको कमिले गहु काटेपछि भुस बनाउन नदिएर आगो लगाउने गरेको बताउनुभयो ।
गहुँ काटिसकेपछि खेतमा रहको डाठलाई पुन: काट्दा लागत खर्च बढ्ने भन्दै किसानहरुले आगो लगाउने गरेका छन् ।तर अधिकांश किसानलाई त खेतमा आगो लगाउँदा माटोको उर्वर शक्ति घट्ने र उत्पादकत्व कमि आउने बारेमा जानकारी नहुँदा आगो लगाउने गरेका छन्। जसका लागि सचेतना कार्यक्रमसँगै स्थानीय तहहरूले खेतमा रहने डाठलाई व्यवस्थापनमा सहयोग गर्न सकेमा आगो लगाउने काममा कमि आउने स्थानीयहरुको भनाइ छ ।
जिल्लामा करिब ८ हजार ५ सय ९५ हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ । गतवर्ष २७ हजार २ सय ४६ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस वर्ष पनि तातो हावा नचले र आगलागीका घटना नभए सोही अनुपातमा गहुँ उत्पादन हुने कृषि ज्ञान केन्द्रका कृषि अधिकृत नवराज घिमिरेले जानकारी दिएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

