Rashtriya Dainik

मुलुकमा देखिएको विकृति दुई ठुला दलका कारण सृजना भएको जसपा केन्द्रिय सदस्य यादवको आरोप

सुरेश यादव /नवलपरासी ,२६ चैत

संघिय लोकतांत्रिक मोर्चा पश्चिम नवलपरासीद्वारा रामग्राम-४ जितपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जिल्ला अध्यक्ष मुकुरजी गिरीको अध्यक्षतामा तथा पुर्वरक्षा राज्यमन्त्री एवमं जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य रामवचन यादवको प्रमुख अतिथित्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवमं जसपा नेपालका केन्द्रिय सदस्य रामबचन यादवले मुलुकमा देखिएका विकृति विसंगती दुई ठुला दलका कारण सृजना भएको आरोप लगाउनुभएको छ। उहाले काँग्रेस-एमाले सरकारका कारण देशमा बढ्दै गईरहेको बेतिथिलाई नियन्त्रण गर्न एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै केन्द्रमा मधेस केन्द्रित सात दलको मोर्चा घोषण भएपछि जिल्ला तहमा पनि थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जसपाका जिल्ला सचिव मदन यादवले जानकारी दिनुभयो । उहाले मोर्चाको आगामी रणनिति तथा कार्यक्रमको बारेमा पछि बैठक बसेर तय गरिने बताउनुभयो ।

कार्यक्रममा लोसपाका केन्द्रिय उपमहासचिव पुरन चौधरी, नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य श्यामकुमारी चौधरी, जसपा नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव, जनमत पार्टीका जिल्ला ईन्चार्ज कृष्णकान्त चौधरी, जनमत पार्टीकै अमिरुल्लाह अन्सारी, जनता प्रगतिशील पार्टीका बिनोद ठाकुरलगायतले बोल्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित