Rashtriya Dainik

तीनकुने घटना : दुर्गा प्रसाईंका दाइ राकेश पक्राउ

काठमाडौं /चैत्र २६ गते

प्रहरीले दुर्गा प्रसाईंका दाइ राकेश प्रसाईंलाई पक्राउ गरेको । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोधपुछका लागि सोमबार राकेशलाई नियन्त्रणमा लिएको एसपी अपिलराज बोहराले बताए।

चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनको नेतृत्व गर्ने दुर्गा प्रसाईं फरार छन् । सोधपुछ गरेपछि राकेशलाई मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने उनले जानकारी दिए ।

दुर्गा प्रसाईं र नवराज सुवेदीका नेतृत्वमा भएको प्रदर्शनमा दुईजनाले ज्यान गुमाएका थिए । सो प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

उनीहरुलाई प्रहरीले राज्य बिरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित