Rashtriya Dainik

सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुलाई कोष व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,३० जेठ

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका सहकारी शाखा कुडियाको आयोजनामा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुलाई कोष व्यवस्थापन सम्बन्धि दुई दिने तालिम शनिबारदेखि शुभारम्भ भएको छ।

सुस्ता गाउँपालिका अन्तर्गतका सहकारी संस्था सञ्चालक र व्यवस्थापकहरुलाई कोषबारे विशेष जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको कृषि प्राविधिक सनत कुमार गिरीले जानकारी दिनुभयो।
तालिममा सुस्ता गाउँपालिका अन्तर्गतका १९ संस्थाका सञ्चालक र व्यवस्थापकहरुको उपस्थिति रहेकोे आयोजकले बताएको छ।
तालिममा कृषि प्राविधिक गिरी र महर्षी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक थिरलाल अधिकारी र डिल्लीराम काफ्लेले सहजीकरण गर्नुहुने जानकारीमा आएको छ।

तालिम सञ्चालन भइरहेको अवस्थामा कृषि प्राविधिक गिरी संग हाम्रा समाचार प्रमुख आर.पि.उपाध्यायले संक्षिप्त कुराकानी गर्ने क्रममा गिरीले सहकारी संस्थाहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न सहकारी नीति,सिद्धान्त र आर्थिक पारदर्शिताको परिधिभित्र रहि कार्य गर्नुपर्ने धारणा राख्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित