राष्ट्रिय दैनिक / नवलपरासी ,३० जेठ
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषालले प्रयोग गरेको सरकारी गाडी दुर्घटनामा परेको छ ।
शुक्रबार सुनवल- १२ हरकट्टामा गाउँपालिकाको स्कोरपियो जीप बिपरीत दिशाबाट आइरहेको ट्रकसंग ठोक्किएको हो । बुटवलबाट फर्कदै गरेको गाउँपालिकाको प्र ०१–००१ झ ००६९ नम्बरको जीप र बा.प्र ०३–००१ ख ४८१९ नम्बरको ट्रक ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गाउँपालिकाका सवारी चालकलाई सामान्य चोट लागेको छ भने अन्य सकुशल छन् । भुषालले बिदाको दिन पनि श्रीमती र बाल बच्चा बोक्न उक्त गाडी प्रयोग गरेको भन्ने बिषय समेत बाहिरिएको छ ।
के भन्छ्न प्रमुख प्रशासकीय अधिकृत भुसाल
यता भुसालले भने कार्यालयको कामले अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवल पुगेर फर्किदा दुर्घटना भएको दाबी गरेका छ्न ।
सरकारी गाडी बिदाको दिनमा श्रीमति र बच्चा सहित राखेर दुरुपयोग गर्न पाईन्छ भन्ने जिज्ञासामा उनले दुर्घटना भएको जानकारी पाएपछि बच्चा सहित श्रीमति घटना स्थलमा पुगेको दाबी गरेका छ्न ।”म कार्यालयकै कामले बुटवल गएको हुँ तपाईहरुले त्यो दिनको पत्र समेत हेर्न सक्नु हुनेछ,दुरुपयोग रहेछ भने कानुन अनुसार सजाय भोगौला तर यथार्थ के हो भन्ने कुरा एकपटक मै सग वा आफै खोज गरेर बुझेको भए पनि हुन्छ”भुसालले भने ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

