Rashtriya Dainik

असहाय र बेसाहारा बालबालिकाहरुका लागी सुनवल नगरले भवन निर्माण सुरु गर्यो

अमृता सुनार/नवलपरासी ,चैत २४

महत्वपुर्ण गौरवको आयोजना अर्न्तगत सुनवल नगरपालिकाले यस आर्थिक वर्षमा असहाय र बेशाहारा फरक क्षमता भएका बालबालिकाहरुलाई आवास सहितको भवन निर्माण गर्ने भएको छ ।

कुल ५ करोडको डिपीआर बनी रातो बुकमा सम्मेत उल्लेख गरिएको यो योजनाका लागी संघिय सरकार बाट यस पटक रु ५० लाख विनियोजन गरिएको र त्यसमा रु ५० लाख सुनवल नगरपालिकाले थप गरि ठेक्का प्रक्रियामा सतिश गुप्ता एण्ड द कम्पनि परासीले ८३ लाखमा निर्माण अनुमति प्राप्त गरि यही आ.व को असार मसान्त सम्म ५० प्रतिशत सम्पन्न हुने र पुस मसान्तमा यस पटकको ठेक्का सकिने र आगामी वर्ष पुन ठेक्का प्रक्रिया गरि निर्माण लाई निरन्तरता दिने सुनवल नगरप्रमुख बिमला अर्यालले बताउनुभयो ।

उहाले सुनवल नगर क्षेत्र भित्रका असहाय र बेशाहारा बालबालिकाहरुको पढाई लालन पालन, पोषाक लगाएतको जिम्मा सुनवल नगरपालिकाले लिने र अन्य पालिका बाट भर्ना हुन आउने लाई सशुल्क भर्ना गरिने उहाले उल्लेख गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर गुरुङ्गको अध्यक्षता एवम सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा योजना बारे संक्षिप्त जानकारी विद्यालयका प्रधानाध्यापक होमनाथ सुवेदीले राख्नुभएको थियो ।

कार्यक्रममा सुनवल नगरउपप्रमुख सुर्य दुवे, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, सुनवल वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा, वडा नं ६ का वडा अध्यक्ष हिमलाल शर्मा चापागाई, वडा नं ५ का वडा अध्यक्ष नेत्रलाल तिवारी लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङ्गले यसको डिपिआर धेरै पहिला देखि नै तयार भए पनि यसलाई अगाडि बढाउन संिघय सरकार सम्म लैजानका लागी विद्यालयका प्र.अ, वडा नं ५ का वडा अध्यक्ष नेत्रलाल तिवारीको भुमिका उल्लेखनिय रहेको बताउनुभयो ।

भवन निर्माण पश्चात सुनवल नगर र नवलपरासी जिल्लाका बेशाहारा बालबालिका र सिमानकृत वर्गका अभिभावकका बालबालिकाहरुलाई सहयोग हुने गरि सबैलाई एउटा आश्रय स्थल हुने बताइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित