आरपि उपाध्याय /नवलपरासी ,२४ चैत
विश्व सनातन धर्म सीता माता मन्दिर बाल्मिकी आश्रममा वार्षिक पुजन कार्यक्रम सहित एक दिने धार्मिक महोत्सव आइतबार सम्पन्न भएको छ।
चितवन माणी नगरपालिका १ मा पर्ने बाल्मिकी आश्रममा रामनवमीको अवसर पारेर पुजन सहितको धार्मिक महोत्सव विधिवत सम्पन्न भएको हो।
सीता माता मन्दिर जिल्ला समितिका अध्यक्ष शालिकराम उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवारले बाल्मिकी आश्रमको धार्मिक अध्याय त्रेता युग संग जोडिएको र त्यहाँ मर्याता पुरुषोत्तम भगवान श्री राम पुत्रको जन्मस्थल र जगत जननी सीता माताको धर्ती प्रवेश स्थल भएकैले त्यस स्थलको महिमा बढ्दै आएको बताउनु भयो।
मन्त्री कलवारले नेपालका राजनेता,उच्च पदस्तर,कर्मचारी,बाल्मिकी आश्रममा पुग्ने विभिन्न खाले आश्वासन दिने र आश्रमबाट फर्किए लगत्तै आफुद्वारा दिइएको आश्वासन बिर्सने गरे बाट आश्रममा विकास हुन नसकेको जिकिर गर्नुभयो।
उहाँले मुक्तिनाथ स्वामी कमलनयनाचार्यले एक महिनाको समय बाल्मिकी आश्रमलाई दिनु भएमा आश्रमको मुहार नै फेरिने मन्त्री कलवारको भनाइ रहेको थियो।
कार्यक्रममा विश्व सनातन धर्म स्थापनार्थ केन्द्रिय समितिका अध्यक्ष दिपक जङ्ग रायमाझीले बाल्मिकी आश्रममा भएको विकास कार्य अत्यन्त गतिहीन अवस्थामा बढी रहेकोमा यस तर्फ संघ, प्रदेश र स्थानीय तहको सरकारले गुरु योजना बनाएरै अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो।
सो अवसरमा समितिका सदस्य एवं सञ्चारकर्मी आर.पि.उपाध्याय लगायतले आश्रममा भएको धार्मिक गतिविधिबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा इन्डो नेपाल सिमा पत्रकार संघका अध्यक्ष कौशल कुमार सहित नेपाल भारतका पत्रकारहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा नेपाल प्रहरी,सशस्त्र प्रहरी सहित केही संघसंस्थाका प्रतिनिधि र स्थानीयहरुको पनि उपस्थिति रहेको आयोजकले बताएको छ।
नेपालको प्रमुख धार्मिक धरोहरको रुपमा रहेको बाल्मिकी आश्रममा दैनिक १ सयदेखि २ सयसम्म स्कुले विद्यार्थी र सर्वसाधारण पुग्ने गर्दछन भने रामनवमी लगायत ठुला धार्मिक चाडपर्वमा १ हजारदेखि २ हजारसम्म भक्तजनहरु बाल्मिकी आश्रम पुग्ने गरेको जानकारीमा आएको छ।

बाल्मिकी आश्रममा जाने नेपाली तिर्थालुहरु गण्डक ब्यारेज पार गरि भैसालोटन हुँदै भारतीय भुमिबाट आश्रम पुग्दा भारतीय सुरक्षाकर्मीले नेपालीले प्रयोग गर्ने सवारीसाधन रोकि पैदल १ किलोमिटर कठिन पैदल यात्रा गर्नुपर्ने पिडादायी अवस्थालाई कम गर्न नेपाली प्रशासनले भारतीय प्रशासन संग वार्ता गरि आवतजावतमा सहज बनाउन तर्फ नेपाली तिर्थालुहरुको माग रहदै आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

