Rashtriya Dainik

त्रिवेणी धाममा विराट कुस्ती प्रतियोगिता सम्पन्न ,भारतकाे जितेन्द्र पहलवान विजयी

आरपि उपाध्याय / नवलपरासी ,२३ चैत

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ त्रिवेणी धाममा विराट कुस्ती प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
नागाबाबा कुटी लक्ष्मीनारायण मन्दिरको आयोजना तथा त्रिवेणी युवा समाजको सहयोगमा विराट दङ्गल कुस्ती प्रतियोगिता सम्पन्न भएको हो।

नागाबाबा कुटी लक्ष्मीनारायण मन्दिरका पिठाधिस तथा अन्तर्राष्ट्रिय स्तरका पुर्व पहलवान केशव दासको अध्यक्षतामा कुस्ती प्रतियोगिता सम्पन्न भएको थियो।
विराट कुस्ती प्रतियोगितामा नेपाल भारतका गरि कुल २ दर्जन महिला र पुरुष पहलवानहरुले कुस्ती प्रतियोगितामा भाग लिएका थिए।


कुस्ती प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा नेपाल दाङका पहलवान गोपाल थापा र भारत उत्तर प्रदेश महाराजगन्जका पहलवान जितेन्द्र बिच भएको प्रतिस्पर्धामा भारत महाराजगन्जका जितेन्द्र पहलवान विजयी भएको त्रिवेणी युवा समाजका अमर थापा क्षेत्रीले जानकारी दिनुभएको छ।
अन्तिम राउन्डका विजयी पहलवान जितेन्द्रलाई एक थान चादीको गदासहित नगद २५ हजार पुरस्कार प्रदान गरिएको आयोजकले बताएको छ।

कुस्ती प्रतियोगिताको विभिन्न प्रतिस्पर्धामा नेपाल भारतका महिला पहलवानहरुले गरेको प्रतिस्पर्धामा नेपालकी चर्चित सानो कदकी पहलवान रुबी थापा र भारत मजम्फरपुरकी महिला पहलवान नितु बिच भएको प्रतिस्पर्धामा नेपालकी पहलवान रुबी थापा विजयी भएकी थिइन ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका पुर्व अर्थ राज्यमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य भरत साह र बालपुरी कुटीका पिठाधिस मोहन पुरीले संयुक्त रुपमा कुस्ती प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो।

सो अवसरमा प्रमुख अतिथि एवं काङ्ग्रेस नेता साहले कुस्ती खेलको महत्वलाई जनमानसमा फैलाउन यस्ता खाले प्रतियोगिता अत्यन्त फलदायी रहने विचार व्यक्त गर्नुभयो।
“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलकुद”भन्ने मुल नाराका साथ आयोजना गरिएको कुस्ती प्रतियोगितामा नेपाल भारत सिमावर्ती क्षेत्रका ठुली सङ्ख्याका दर्शकहरूले कुस्ती प्रतियोगिताको अवलोकन गरेको आयोजकले बताएको छ।

कुस्ती प्रतियोगितालाई अझ बढी भव्यताका साथ सम्पन्न गर्न आउदो वर्षको चैत्र महिनामा पुर्व तयारीका साथ अझ बढी प्रचारप्रसारका साथ आयोजना गरिने पुर्व अन्तर्राष्ट्रिय खेलाडी केशव दास बाबाले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित