Rashtriya Dainik

विजयनगरकाे सेमरी-चाफामा आगलागी, १५ लाख बढीकाे क्षति 

धर्मेन्द्र कुमार कुर्मी चौधरी / कपिलवस्तु ,२२ चैत

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६ सेमरी-चाफामा आगलागी भएको छ । ६ घरगाेठसहित १२ कट्ठा बढीमा गहुँ बाली,२० ओटा कुखुरा र ८० बढी कुखुराका चल्ला र १ ओटा बाख्रा जलेकाे इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब साढे बाजेतिर आगलागी भएकाे हाे । समयमाई सामुदायिक बनमा लागेकाे आगाेले हावाहुरीका कारणले गाउँमा आगाे पसेकाे थियोे ।

६ का वार्ड अध्यक्ष प्रेम बहादुर कलवारलो अनुसार घरगाेठसहित खाद्यान्न, लत्ताकपडा, पशुपंक्षी गरि १५ लाख बढीकाे धनसम्पत्ति क्षति भएका छन् । तत्काल राहतका लागि आगलागी पिडितलाई खाद्यान्न उपलब्ध गराउने जनाए ।

शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाे दमकल, प्रहरी र स्थानीयले ३ घण्टाकाे प्रयासपछि आगाे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए । आगलागीले मानवीय क्षति भने नभएको उनले बताए ।।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित