Rashtriya Dainik

आम नागरीकलाई सुसुचित पार्न पत्रकार र पत्रकारीताको महत्वपुर्ण योगदान छ:पालिका अध्यक्ष चाैधरी

राष्ट्रिय दैनिक / नवलपरासी ,२२ चैत

आम नागरीकलाई सुसुचित पार्न पत्रकार र पत्रकारीताको महत्वपुर्ण योगदान रहेको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभएको छ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मनरीमा चार दिने पत्रकारीता तालिमकाे समापन कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले समाज परिवर्तन गर्न पत्रकारको भुमिका महत्वपुर्ण हुने बताउनुभएको थियो । वहाँले पत्रकार एउँटा दरीलो र विश्वासीलो पात्र भएको बताउदै स्थानिय तहमा भए गरेका राम्रा नराम्रा कामको बारेमा कलम मार्फत अगाडी ल्याउनु पर्नेमा जोड दिनुभएको थियो । वहाँले सरावलका पत्रकार नवलपरासीमा उत्कृष्ट पत्रकारीता गरि चारैतिर छाउन भन्दै तालिममा सिकेका कुरा व्यवहार लागु गरी पत्रकारिता क्षेत्रमा स्थापित हुन प्रशिक्षार्थीलाई शुभकामना समेत दिनुभएकाे थियो ।

सरावल प्रेस क्लबकाे आयाेजना तथा सरावल गाउँपालिकाकाे आर्थिक सहयोगमा ४ दिने पत्रकारीता तालिम प्रेस क्लबका अध्यक्ष उमेश बि.क काे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हाे।

तालिम समापन समारोहमा पालिका उपाध्यक्ष बासमति हरिजनले ‘सिकेको कुरा ब्यबहारमा उतार्नु पर्छ , ‘जानेको कुरा लेख्नै पर्छ तर पत्रकार तथ्य र सत्यको नजिक रहेर बिश्वशनिए पत्रकारिता गर्नु पर्छ भन्दै नयाँ सिकारु पत्रकारहरुलाई अग्रज पत्रकारको काम हेर्दै अगाडि बढ्न सुझाव दिनुभएको थियोे ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले सूचनाका माध्यमबाट समाज परिर्वतनको दिशामा अघि बढाउन आमसञ्चार संस्था तथा सञ्चारकर्मीको योगदान अमूल्य हुने बताउनुभयो । स्थानीय सञ्चार संस्था र सञ्चारकर्मीसँग सहकार्य गरेर अघि बढ्न पालिका तयार रहेको उहाँले बताउनुभयो ।

अहिलेको बदलिँदो परिस्थिति अनुसार युवाहरूलाई पत्रकारिता क्षेत्रमा आकर्षण बढाई नेतृत्व र ब्यक्तित्व बिकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको सरावल प्रेस क्लबकाे अध्यक्ष उमेश कुमार बि.क ले बताउनुभयो ।

तालिममा सरावल गाउँपालिका वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष तुफानीलाल गुप्ता ,लेखापाल नरेश काेहार लगाएतले आ आफ्नो धारणा राख्नुभएको थियोे ।

पत्रकारिता क्षेत्रमा लामो अनुभव प्राप्त प्रशिक्षक बेचु गाैड र उमेश बि.क,रन्जित शर्मा लगाएतद्वारा तालिम दिइएको थियो।

निकै लाभदायिक मानिएको उक्त तालिमबाट सहभागिले पत्रकारिता सम्वन्धी धेरै कुरा सिकेको बताए। तालिममा पालिका अन्तर्गतका ३५ जना युवा युवतीहरुकाे सहभागीता रहेको थियो ।

सरावल प्रेस क्लबकाे सचिव महेश हरिजनकाे स्वागत मन्तब्यबाट सुरुवात भएको औपचारिक कार्यक्रमकाे सन्चालन सहसचिव डाेल्मा चाैधरीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित