Rashtriya Dainik

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले स्वर्णजयन्ती मनाउँदै

सुरेश यादव / नवलपरासी ,२२ चैत

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीले स्थापनाकालको पचास वर्ष प्रवेशको अवसरमा स्वर्णजयन्ती मनाउने निर्णय गरेको छ । २०३१ साल जेठ १० गते स्थापना भएको रेडक्रस आफ्नो पचासौँ वर्षको अवसरमा यही चैत २५ गते परासीस्थित सिद्धार्थ होटलमा विभिन्न कार्यक्रमको आयोजना गरि स्वर्णजयन्ती मनाउदै छ।

परासी प्रेस क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा क्लवका अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा रेडक्रसका जिल्ला सभापति राजेन्द्रप्रसाद अग्रहरीको सभापतित्वमा भएको कार्यक्रममा उक्त जानकारी गराईएको हो । सभापति अग्रहरीले रेडक्रस विपद्को समयमा राहत तथा उद्धार,मानवीय सेवा, रक्त सञ्चार तथा एम्बुलेन्स सेवा,स्वास्थ्य सचेतना काम गर्दै आएको परोपकारी स्वयमसेवी संस्थाको रुपमा स्थापित भएको बताउनुभएको छ।उहाले स्वर्णजयन्ती समारोहमा हालसम्म भए गरेका क्रियाकलाप, स्मारीका विमोचन, स्वर्णजयन्ती स्मारक अनावरण, भाबी कार्ययोजना तथा रणनिती, सम्मानलगायतका कार्यक्रम गरिने बताउनुभयो।

स्वर्णजयन्ती समारोहमा गैँडाकोट नगरपालिकाको सहयोगमा निर्माण गरिएको स्वर्णजयन्ती स्तम्भ,क्यानेडियन रेडक्रसको सहयोगमा निर्मित भवन,सरावल गाउँपालिकाको सहयोगमा लगाएको ब्लक तथा पाल्हीनन्दन गाउँपालिकाले निर्माण गरेको पर्खालको समेत उद्घाटन गरिने सभापति अग्रहरीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै रेडक्रस लुम्बिनी प्रदेशको कोषाध्यक्ष हैदरअलि मोमिनले आपत विपतको घडिमा राजनिती नगरि वास्तविक पिडितहरुको सहि तथ्याङ्कका आधारमा मातर राहत वितरण गर्न आग्रह गर्नुभएको छ। उहाले रक्तदान अभावको प्रसंगलाई जोड्दै दक्षिण ग्रामीण भेगका मानिसले रक्तदान गर्दैनन् भन्ने भाष्यलाई चिर्दै उनिहरुमा सचेतना जगाउन नसक्नुमा रेडक्रसकै कमजारी रहेको बताउनुभयो ।


कार्यक्रममा व्रिटिश, स्वीस, क्यानेडियन तथा सार्क देशबाट रेडक्रसका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ भने जिल्लास्थित संघीय तथा प्रदेशसभाका सांसद, स्थानीय तहका प्रमुख, राजनीतिक दल, नागरिक समाज, रेडक्रसका संस्थापक,आजीवन,विशिष्ट तथा सदस्यहरुको सहभागिता रहनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित