Rashtriya Dainik

ऐतिहासिक तथा पुरातात्विक स्थल पण्डितपुरमा दोस्रो चरणको उत्खननको काम चल्दै

सुरेश यादव / नवलपरासी ,२१ चैत

पश्चिम नवलपरासीको रामग्राम-१८ रहेको ऐतिहासिक तथा पुरातात्विक स्थल पण्डितपुरमा पुरातत्व विभागले दोस्रो चरणको उत्खननको काम एक हप्तादेखि गरिरहेको छ ।

यसअघि गत मङ्सिरमा विभागले गरेको जिओ फिजिक्स सर्वेको क्रममा महत्वपूर्ण संरचना तथा पुरातत्व वस्तु फेला परेपछि त्यसलाई पुष्टी गर्न दोस्रो चरणको काम सुरु गरिरहेको हो ।यसअघि बजेट थोरै भएकाले एक महिनासम्म मात्र उत्खनन गरेको विभागले अहिले लुम्बिनी प्रदेश र रामग्राम नगरपालिकाले १५ लाख रकम विनियोजन गरेपछि उत्खननको कामलाई पुनः निरन्तरता दिएको हो ।

हाल भैरहेको उत्खननको क्रममा पण्डितपुरको पश्चिमतर्फको पोखरी नजिकै धनुषबाणमा प्रयोग हुने हाडका हतियार तथा आवाज आउने हड्डीका टुक्रा फेला परेका छन् भने पुर्वतर्फ प्राचिन ईट्टाको पर्खाल जस्तै संरचना भेटिएको पुरातत्व विभागका वरिष्ठ अधिकृत भाष्कर ज्ञवालीले बताएका छन् ।

६२ बिघा क्षेत्रफलमा फैलिएको कोलीय गणराज्यको राजधानीका तथा बुद्धको मावली दाबी गरिदै आएको पण्डितपुर स्थललाई संरक्षण र प्रबर्धनका लागी जग्गा अधिग्रहणको काम आवश्यक्ता रहेको देखिन्छ ।साथै पण्डितपुरमा विस्तृत उत्खनन गरेर आवश्यक अनुसन्धान गर्न रामग्राम नगरपालिका र स्थानीयहरुले समेत माग गर्दै आएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित