Rashtriya Dainik

नवलपरासी जिल्लामा कुनै पनि सहकारीहरुको अवस्था जटिल नरहेको अध्यक्ष पौडेलको भनाई

अमृता सुनार/नवलपरासी ,चैत २०

“मर्यादित सहकारीः समुन्नत समाज” भन्ने नाराका साथ ६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ नवलपरासीको आयोजना एवम जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला कृषि सहकारी संघ,जिल्ला दुग्ध उत्पादक सहकारी संघ, र जिल्ला बहुउद्देश्यीय सहकारी संघको सह–आयोजनामा सहकारी शीत भण्डार सुनवल २ मुखियाटोलामा जिल्ला सहकारी संघका अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षता एवम जिल्ला समन्वय समिती प्रमुख भगौती यादव रुदलको प्रमुख आतिथ्यतामा ६८ औ राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।
जिल्लाका ५ वटा सहकारी सहभागी कार्यक्रममा बोल्दै यादवले सहकारीमा विकृति नहोस भन्नका लागी शेयर सदस्य र संचालक इमान्दार हुनु पर्नेमा जोड दिदै संस्थाले गरेको लगानी र संकलनमा विषेश ध्यान जरुरी रहको बताउनुभयो । नवलपरासी जिल्लमा करिब १ सय ८४ वटा सहकारी रहेको मा जम्मा ७९ वटा सहकारीको मात्र शित भण्डारमा आवद्धता रहेको हुदा बाकी सहकारी संस्था हरु पनि शित भण्डारको लगानीमा जोडिएमा शित भण्डारलाई नेपालमै नमुनाका रुपमा अगाडी बढाउन सकिने बताउनुभयो ।
यस्तै कार्यक्रमका अध्यक्ष एवम जिल्ला सहकारी संघका अध्यक्ष बिष्णु प्रसाद पौडेलले नवलपरासी जिल्लामा कुनै पनि सहकारी हरु को अवस्था जटिल नरहेको बताउदै संस्थाको पहलमा निर्मित शित भण्डार १ वर्ष देखि संचालनमा रहेको र गत आर्थिक वर्षमा ४ महिना मात्र संचलान हुदा पनि घाटामा नगएको र यस आर्थिक वर्षमा अबको ३ महिना पछि वार्षिक हिसाब किताब सबै सामु राखिने बताउनुभयो । उहाले शित भण्डार निमार्ण गर्नुको उद्धेश्य बैदेशिक रोजगारीमा जाने युवालाई रोकी उत्पादक र वितरक बिच रहेको खाडल पुर्ने बताउनुभयो । शित भण्डारको अधिकार सबै सहकारी शेयर सदस्यमा रहेको हुनाले सहकारीमा आवद्ध शेयर सदस्यलाई कृषि उतपादनमा जोड दिए मात्र शित भण्डार पुर्ण क्षमतामा संचालन हुने बताउनुभयो ।


जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, रेडियो परासीका प्रबन्धक मेघराज गौतम, जिल्ला बचत संघका उपाध्यक्ष माया पौडेल, दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष पुर्ण तिमिल्सिना, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजन आचार्य, प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम सापकोटा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रम संचालक एवम जिल्ला सहकारी संघका सचिव चण्डि प्रसाद पाण्डेले बताउनुभयो । कार्यक्रममा सामुदायिक रेडियो परासी द्धारा प्रकाशन गरिएको हातेमालो सहकारी खबरको विमोचन गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित