अमृता सुनार/नवलपरासी
पश्चिम नवपरासीको सुनवलमा विद्यार्थीहरुको लागी बेसिक कम्प्युटर तालिम सञ्चालन गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय समितिको आयोजना तथा सुनवल नगरपालिकाको सहयोगमा शुरु भएको उक्त तालिम १ महिना सम्म सञ्चालन हुनेछ । तालिमको एक कार्यक्रमका बीच उद्धाटन गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ वडा समितीका अध्यक्ष तिल प्रसाद गुरुङ्गको अध्यक्षता तथा सुनवल वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष थापा मगरले अहिलेको समय ईन्टरनेटको र कम्प्युटरको युग भएकोले आजको अति आवश्यकतालाई मध्य नजर राख्दै १ महिने बेसिक कम्प्युटर तालिमलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सुनवल नगर कार्यपालिका सदस्य सीता भण्डारी, वडा सदस्य प्रसुराम कवर, कृष्ण बहादुर क्षेत्रि, बाल कुमारी परियार, सामुदायिक सिकाइ केन्द्रको अध्यक्ष संजय कुमार श्रेष्ठ, आदिवासी जनजाति नगर समितिको उपाध्यक्ष नन्द प्रसाद गुरुङ्ग लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उपाध्यक्ष भरत श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन महासंघका वडा सचिव सिमा थापा मगरले गर्नुभएको थियो । तालिममा २५ जना प्रशिक्षार्थिको सहभागिता रहने छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

