Rashtriya Dainik

ईद तथा रामनवमीको अवसरमा शुभकामना आदान प्रदान

विनोद निगम/नवलपरासी,२० चैत

इद, चैत दैशै तथा रामनवमीको अवसरमा पाल्हीनन्दन गाउँपालिकाको सभाहलमा विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम स्थानीय समुदाय, धार्मिक अगुवा, समाजसेवी तथा जनप्रतिनिधिहरूको उपस्थितिमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।

एकता अन्तर धार्मिक शान्ति सञ्जाल, पाल्हीनन्दनको आयोजना तथा पाल्हीनन्दन गाउँपालिकाको सहकार्य र यूनाइटेड मिसन टु नेपाल नवलपरासी क्लस्टरको सहयोगमा सुनवल सामुदायिक विकास केन्द्रद्वारा संचालित घरेलु हिंसा न्युनिकरणका लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजना अन्तर्गत उक्त कार्यक्रम गरिएको हो।

एकता अन्तर धार्मिक शान्ति सञ्जालका उपाध्यक्ष ताजुद्दिन धुनियाँको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना) को प्रमुख अतिथिक्तामा सम्पन्न भएको हो।

कार्यक्रममा मिठाई एक अर्कालाई खुवाउँदै प्रमुख अतिथि अन्सारी भनिन् विविधता बीच एकताको सन्देश फैलाउन यस्ता अवसरहरूलाई अझ प्रभावकारी बनाउनु पर्नेमा बताइन्। उनले भनिन्  “धार्मिक सहिष्णुता, आपसी मेलमिलाप र भाइचारा प्रवर्द्धन गर्न यस्ता कार्यक्रमको महत्व रहेकोले निरन्तरता दिन पालिका पहल गर्ने बताइन् ।
कार्यक्रममा व्यक्तहरुले धार्मिक सहिष्णुता, एकता र मेलमिलापको भावना अझ सुदृढ पार्न यस्ता अवसरहरू उपयोगी हुने बताउँदै समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने भन्दै इद र रामनवमीको शुभकामना सन्देश आदान प्रदान गरेका थिए।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक डिएसपी बिर दत्त पन्थ, वार्ड अध्यक्ष गोधन हरिजन ,जगदीश प्रसाद गुप्ता, प्रशासन शाखा प्रमुख नन्दलाल प्रजापति, परियोजना संयोजक कृष्ण पाण्डे, सम्पूर्नानन्द मिश्र लगाएतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन पत्रकार रंजीत शर्माले गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित