राजकुमार बानिया /पर्सा ,२० चैन
मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रम अन्तर्गत उतर प्रसुती स्याहार घर भेट बार्षिक समिक्षा तथा कार्ययोजना त्यारी गोष्ठी अाज पर्साको कालिकामाई गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
कालिकामाई गाउँपालिकाको स्वास्थ्य शाखाको अायोजनामा यस पालिका अन्तर्गत सबै स्वास्थ्य संस्थाहरुमा PNC सेवा प्रदान गर्दा अाई परेका समस्याको समाधान बारे छलफल गरियो।
त्यस्तै यस चालु अाव २०८०/८१ मा यस पालिका अन्तर्गत सबै स्वास्थ्य संस्थाहरुमा PNC सेवा प्रदान गर्दा अाई परेका समस्याको समधाना बारे छलफल गरियो छ।त्यस्तै यस चालु अाव २०८१/८२ को फागुन सम्म PNC संचालन निर्देशिका अनुसारको अनुसुचीहरु त्यार गरी स्लाईड मार्फत सबै स्वास्थ्य संस्थाहरु प्रस्तुत गरेका थिए।
जस बाट PNC को सेवामा थप सुधारका कुराहरु स्वास्थ्य कार्यालय पर्साका प,हे,न अधिकृत मिरा यादवले सहजिकरण गर्नु भएको थियोे ।

यस समिक्षा बाट राम्रो प्रगती हरु देखिएको छ। अधिकृत यादवले प्रोजेक्टरको माध्यम बाट PNC समबन्धीको बारे बिषेश जानकारी गराउनु भएको थियो । कार्यक्रम मा PNC सेवा प्रदायक कर्मचारी हरुलाई स्वास्थ्य शाखा बाट ब्याग,बिपी सेट,सर्जिकल सेट,टर्च लाईट,उचाई नापने ईन्ची टेप,छाता , PNC जोब सेट, बितरण गरिएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्ष्ातामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया,स्वास्थ्य कार्यालय पर्सा डको पब्लिक हेल्थ नर्स अधिकृत मिरा यादव, स्वास्थ्य चौकीका प्रमुख जगदिश महतो,निरंजन चौरसिया,रामेश्वर कोईरी,महेन्द्र चौरसिया,सन्त प्रसाद चौरसिया, सहित पाचै वडाका स्वास्थ्य संस्था बाट २ जना नर्सिङ कर्मचारी हरुको सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

