आरपि उपाध्याय / नवलपरासी ,२० चैत
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा र प्रदेश स्वास्थ्य कार्यालय नवलपुरको संयुक्त आयोजनामा निःशुल्क एक्सरेद्वारा छाती रोग सम्बन्धि शिविर कार्यक्रम सम्पन्न भएको छ।
त्रिवेणी सुस्ता स्वास्थ्य चौकीको परिसरमा स्वास्थ्य शिविर सम्पन्न भएको हो।

विनयी त्रिवेणी गाउँपालिका वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीको अध्यक्षतामा स्वास्थ्य शिविर सम्पन्न भएको थियो।
कार्यक्रममा विनयी त्रिवेणी वडा न.६ का कार्यवाहक वडा अध्यक्ष विष्णुप्रसाद चौलागाईं,सञ्चारकर्मी आर.पि. उपाध्याय,त्रिवेणी सुस्ता स्वास्थ्य चौकी प्रमुख रघुनाथ भट्टराई लगायतले निःशुल्क स्वास्थ्य शिविरको महत्वमाथी प्रकाश पार्नुभयो।
एक दिने निःशुल्क स्वास्थ्य शिविरमा डा. तिलकमान सिंह भण्डारीको नेतृत्वमा आएको स्वास्थ्यकर्मीहरुको टोलीले रोगीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको विनयी त्रिवेणी स्वास्थ्य शाखा प्रमुख ध्रुबराज काफ्लेले जानकारी दिनुभएको छ।

एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २४६ व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिएको थियो। जसमा ८ व्यक्तिहरुमा क्षयरोग देखापरेको तथा केही व्यक्तिहरुको खकार परिक्षणको लागि पठाइएको पनि आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

