Rashtriya Dainik

सशस्त्र प्रहरी अलौ गुल्मद्वारा ४ लाँखको अवैध कपडा बरामद

वीरगन्ज, १९ चैत्र 

सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि ल्याएको लत्ताकपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले अमरपर्टी नाका भई भारतबाट अवैध रुपले भित्राएको  कपडा सहित अटो पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिङ्ग पुजाराको कमाण्डमा खटिएको मोबाइल टोलीले अमरपट्टिबाट बिरगंज तर्फ जादै गरेको मधेश प्रदेश-०३-००१ह ३०९४ नम्बरको ईरिक्सामा लोड रहेको कपडा पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी अवैध लत्ताकपडा करिब ४ लाँख रुपैयाँ बराबरको पक्राउ गरि भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक पुजाराले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित