Rashtriya Dainik

जयपृथ्वी नगरपालिका २ मा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरू

जयपृथ्वी नगरपालिका,१८ चैत

चैत दशैंको अवसरमा जयपृथ्वी नगरपालिका–२, मा वडा स्तरीय खुला महिला/पुरुष भलिबल तथा देउडा प्रतियोगिता आज बाट सुरू भएको छ।

युवा तथा खेलकुद व्यवस्थापन समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको आज उद्घाटन विशेष समारोहका बीच सम्पन्न भयको छ ।

प्रतियोगिताको उद्देश्य युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने तथा स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्नु रहेको आयोजक समितिले जनाएको छ।युवा तथा खेलकुद व्यवस्थापन समितिका अध्यक्ष सन्तोश खडकाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जयपृथ्वी नगरपालिकाका कार्यबाहक नगरप्रमुख तथा वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर सिह प्रमुख अतिथि रहनु भएको थियो ।

यस्तै बिशिस्ट अतिथिमा वडा नम्बर २ का वडा अध्यक्ष कलक बहादुर खडका वडा नम्बर ११ का वडा अध्यक्ष सर्जन थापा रहनु भएको थियोे ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेल प्रेमी, समाजसेवी तथा वडा वासीहरूको बाक्लो उपस्थिति रहेको थियो।भोलि बिहान बाट भलिबल र देउडा प्रतियोगिता सन्चालन हुने अध्यक्ष खडकाले जानकारि दिनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित