Rashtriya Dainik

विनयी त्रिवेणी ६ स्थित गजेन्द्र मोक्ष नारायण/मुक्तिनाथ रथयात्रा एवं धार्मिक महोत्सव

आरपि उपाध्याय / नवलपरासी ,१८ चैत

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ स्थित गजेन्द्र मोक्ष नारायण/मुक्तिनाथ रथयात्रा एवं धार्मिक महोत्सव कार्यक्रम आइतबार विधिवत उद्घाटन भएको छ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले गजेन्द्र मोक्ष धाममा एक कार्यक्रम बिच ६ दिवसीय धार्मिक रथ यात्राको उद्घाटन गर्नुभएको हो।

रथ यात्राको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले ऎतिहासिक,धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गजेन्द्र मोक्ष धामबाट निकालिने रथ यात्रालाई मुक्तिनाथसम्म पुर्याइने कार्य सराहनीय रहेको बताउदै सबैको आस्थालाई त्रिवेणी धामदेखि मुक्तिनाथसम्म पुगेर धार्मिक श्रद्धालाई बलियो बनाउन सकिए हिन्दु धर्मको महत्व बढ्ने समेत बताउनु भयो।

रथ यात्रा शुभारम्भ कार्यक्रममा मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यले त्रिवेणीको गजेन्द्र मोक्ष धामदेखि मुक्तिनाथसम्म गरिने गजेन्द्र मोक्ष नारायण भगवानको रथ यात्राबाट राष्ट्रको समुन्नति र समृद्धि हेतु नै गरिएको चर्चा गर्दै रथ यात्राबाट हिन्दु धर्मको रक्षा तथा सबै नागरिकमा समृद्धि जागृत हुने जिकिर गर्नु भयो।

मुक्तिनाथ पिठाधिस नयनाचार्यको सत संकल्प गतरुपमा निकालिएको रथ यात्रा सोमबार बिहान त्रिवेणी बजार परिक्रमा गरि रानीनगर,महलबारी, गोपिगन्ज हुँदै बर्दघाट पुगि नवलपुरको बाटो भइ चितवनको देवघाटमा विश्राम गरिने तथा दोस्रो दिन पोखरा पुग्ने र तेस्रो दिन बाग्लुङ,पञ्चकोट पुग्ने र चौधौं दिन मुस्ताङको जोमसोम पुगि मुक्तिनाथ भगवानको सान्निधिमा रात्री विश्राम गरि अखण्ड भागवत नाम हरि कृतन तथा पुर्वाङ्ग गरिने कार्यक्रम रहेको उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभयो।

धार्मिक रथ यात्रामा ठूलो सङ्ख्याका भक्तजन,साधुसन्त,धर्मानुरागी,राष्ट्र सेवक र सर्वसाधारणहरुले रथ यात्रालाई फूल मालाबाट सम्मान गरिएको जानकारी प्राप्त भएको छ।

स्मरणीय छ स्वामी नयनाचार्यले २०४८ सालदेखि त्रिवेणीको गजेन्द्र मोक्ष धामलाई आफ्नो कर्मथलो बनाइ जप, तप,उपासना,आराधना गर्दै धार्मिक क्रियाकलापका साथ विकासे कार्य गर्दै आउनु भएको छ।
उहाँले त्रिवेणी दुम्किबास सडक निर्माण गर्ने कार्यको पनि अगुवाइ गर्दै आउनु भएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित