Rashtriya Dainik

क्रान्तिकारी कम्युनिस्ट पार्टी सुनवलद्वारा अस्नैयामा कोणसभा सम्पन्न

नवलपरासी ; मोहन बैध्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल सुनवल नगर संगठन समितिले अस्नैयामा सोमबार कोण सभा गरेको छ । जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने उद्देश्यले संसदीय ब्यवस्थाको भन्डाफोर सहित कोण सभा गरिएको हो ।

सुनवल -८ देउराली टोलबाट संसदीय ब्यवस्था बिरुद्व जनगणतन्त्रको माग गर्दै नाराबाजी सहित शुरु जुलुस अस्नैया चोकमा कोण सभामा परिणत भएको थियो ।

पार्टीका सुनवल नगर संयोजक प्रेम रिमालले कोण सभामा सम्बोधन गर्दै नेका एमाले र माकेको कारण राजावादीहरु सल्बलाएको बताउनु भयो । उहाँले इतिहासको बाटो पछाडि होइन नयाँ जनवादी क्रान्ति हुँदै बैज्ञानिक समाजवादी बाटोमा जाने उल्लेख गर्नुभयो ।

जन सम्बन्ध बिस्तार अभियानको क्रममा कार्यक्रममा भएको हो । सो अवसरमा पार्टीको बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरी लगायत सहभागी हुनुहुन्थ्यो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित