Rashtriya Dainik

सरावलमा चार दिने पत्रकारिता तालिमको सुभारम्भ

सुरेश यादव / नवलपरासी ,१८ चैत

पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर-२ मनरीमा चार दिने पत्रकारिता तालिमको सोमबार सुरुवात गरिएको छ ।सरावल प्रेस क्लबका अध्यक्ष उमेश कुमार वि.क.को अध्यक्षता तथा सरावल गाउपालिका अध्यक्ष सुखाडि प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा तालिम सुभारम्भ गरिएको हो ।

तालिमको उदघाटन् गर्दै पालिका अध्यक्ष चौधरीले सामाजिक सञ्जालको दुरुपयोगका कारण पत्रकारीता क्षेत्र चुनौतीपुर्ण बन्दै गएको बताउनुभएको छ। उहाले सत्य तथ्य सुचना सम्प्रेषण भन्दा पनि भ्रामक पोष्टका कारण पत्रकारीता क्षेत्रमा प्रश्न उठ्ने गरेको बताउनुभयो ।

यस्तै उपाध्यक्ष बासमति हरिजनले असल पत्रकार उत्पादनमा तालिमको भुमिका महत्वपुर्ण रहेको बताउदै सहभागीहरुलाई ध्यान दिएर सिक्न आग्रह गर्नुभयो । उहाले सिकेका कुरालाई पछि ब्यवहारमा उतार्न सके मात्र तालिमले सार्थकत्ता पाउने विश्वास ब्यक्त गर्नुभयो ।

सरावल गाउपालिकाको आर्थिक सहयोगमा सन्चालन भएको तालिममा पालिकाका सात वटै वडाबाट गरि ३० जनाको सहभागिता रहेको क्लबका सहसचिव डोल्मा चौधरीले जानकारी दिनुभयो ।


सरावल प्रेस क्लबकाे सदस्य टेक हरिजनकाे स्वागत मन्तब्यबाट सुरुवात भएको औपचारिक कार्यक्रमकाे सन्चालन सहसचिव डाेल्मा चाैधरीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित