Rashtriya Dainik

बर्दघाट कालिका मन्दिरमा रुद्र महायज्ञ सुरु

संजय कुशवाहा / नवलपरासी १८ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ बर्दघाट कालिका मन्दिरमा आइतबारदेखि रुद्र महायज्ञ सुरु भएकाे छ ।
चैत १७ गतेदेखि २६ गतेसम्म चल्ने सो महायज्ञको पहिलो दिन कलश यात्राको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले धर्म, संस्कार र संस्कृतिक संरक्षणमा महायज्ञले टेवा पुर्‍याउने विचार राख्दै सनातन धर्म र भागवत्को प्रभावले नै विश्वमा लोकको कल्याण हुने साथै मन शान्तिकाे लागि महायज्ञ जरुरी रहेको बताउनुभयो ।
महायज्ञ आयोजनास्थलबाट सुरु भएको शान्ति कलश सहितको शोभा यात्रा तथा बाजागाजा सहित भुजहवा ,ठुलाेखैरटवा ,साेमनी , दरखासे ,जगर्नाथपुर हुँदै गुठी सुर्यपुराको गण्डक नहरमा पुगी त्यहाँ पूजापाठ गरी जल भरेर विभिन्न देवी देवताको मन्दिर र गाउँको परिक्रमा गर्दै पुनः महायज्ञ मण्डपमा पुगेर कलश यात्रा समापन गरिएको थियो ।
बर्दघाट कालिका मन्दिर बिकासका लागि हरेक वर्ष महायज्ञ संचालनमा निरन्तरता दिएको बर्दघाट कालिका मन्दिर सरक्षण सस्थाका अध्यक्ष बिरेन्द्र यादवले जानकारी दिनुभयाे ।

बर्दघाटमा अवस्थित काली मन्दिरलाई जिल्लाकै प्रमुख धार्मिक र पर्यटकिय स्थलकाे रुपमा पहिचान गराउन लक्ष्य रहेको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनुभयो ।

महायज्ञलाई सफल बनाउनका लागि सवैको साथ र सहयोग आवश्यक रहेको छ । आ–आफ्नो क्षेत्रबाट सवैले सहयोग गरे सानो सहयोगबाट पनि ठूलो काम गर्न सकिन्छ साथै भक्ति गर्दा सुख शान्ति समृद्धि मिल्छ गाउँपालिका उपाध्यक्ष बासमती हरिजनले बताईन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित