Rashtriya Dainik

गुठी सुर्यपुराको झखाडी माई मन्दिरमा शप्तचंडी महायज्ञ सुरु

संजय कुशवाहा / नवलपरासी १८ चैत

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ गुठी सुर्यपुरामा अवस्थित झखाडी माई मन्दिरमा आइतबारदेखि शप्तचंडी महायज्ञ सुरु भएको छ ।

चैत २७ गतेसम्म चल्ने सो महायज्ञको पहिलो दिन कलश यात्राको उद्घाटन गर्दै प्रतापपुर गाउँपालिका वडा नं.७ का वडाध्यक्ष हरेन्द्र यादवले धर्म, संस्कार र संस्कृतिक संरक्षणमा महायज्ञले टेवा पुर्‍याउने विचार राख्दै सनातन धर्म र भागवत्को प्रभावले नै विश्वमा लोकको कल्याण हुने बताउनुभयो ।
महायज्ञ आयोजनास्थलबाट सुरु भएको शान्ति कलश सहितको शोभा यात्रा तथा बाजागाजा सहित सुर्यपुरा ,प्रतापपुर , कुडिया , रानीनगर लगायत विभिन्न गाउँ टोल बजारको परिक्रमा गर्दै त्रिवेणी नदिमा पुगेर त्यहाँ पूजापाठ गरी जल भरेर विभिन्न देवी देवताको मन्दिर र गाउँको परिक्रमा गर्दै पुनः महायज्ञ मण्डपमा पुगेर कलश यात्रा समापन गरिएको हो ।

कलश शोभायात्रामा १ सय ५१ जना कुमारी कन्याका साथै करिब १ हजार भन्दा बढी भक्तजन सहभागी भएको महायज्ञ व्यवस्थापन समितिका संयोजक ब्यास मुनि कुशवाहाले जानकारी दिनुभयो । सो शोभायात्राले विभिन्न गाँउको परिक्रमा गर्ने क्रममा यात्रामा सहभागीहरुलाई ठाँउ–ठाँउमा विभिन्न व्यक्तिहरूले पानी र फलफूलहरु बाँडेका थिए ।

सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता वृद्धि गर्ने लक्ष्यका साथ आयोजना गरिएको महायज्ञमा चैत १७ गतेदेखि चैत २५ गतेसम्म पाठ परायण, प्रवचन तथा राम लीला हुनेछ भने चैत २५ गते अन्तिम दिन महायज्ञको पूर्णाहुति एवंं अभिषेकसहित प्रसाद वितरण गरी महायज्ञ समापन हुने आयोजकले जनाएका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित