सुरेश यादव / नवलपरासी ,१७ चैत
भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले २०८४ असोज मसान्तभित्र भूमिहीन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपूर्जा वितरण गरि सक्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
भूमि समस्या समाधान आयोग नवलपरासीले सदरमुकाम परासीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रिजालले निष्पक्ष, प्रभावकारी रुपमा कामलाई अघि बढाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाले स्थानीय तह र जिल्ला आयोगले सक्रियता पूर्वक काम गरेको खण्डमा मात्र तोकिएको समयभित्रै वास्तविक भूमिहीनलाई जग्गाको मालिक बनाउन सकिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
यस्तै आयोगका विज्ञ सदस्य डा. जगत बस्नेतले आयोगको कार्यविधिको बारेमा सहजिकरण गर्नुका साथै कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिनु भएको थियो ।
आयोगका जिल्ला अध्यक्ष लालबहादुर गुरुङले निष्पक्ष र ईमान्दारिताका साथ नतिजा देखिने गरि आयोगले काम अघि बढाउने बताउनुभयो ।
कार्यक्रममा आयोगका केन्द्रीय सदस्य अनिल कृष्ण प्रसाईं, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल), सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्याल, काँग्रेसका जिल्ला उपसभापति अनिल गौंड, एमाले जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, आयोगका जिल्ला सदस्य थानप्रसाद गैरे र सदस्य सचिव कैलाशनाथ पाण्डेयलगायतले बोल्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

