आरपि उपाध्याय / नवलपरासी ,१७ चैत
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा प्रदेश स्वास्थ्य कार्यालय नवलपुरको समन्वयमा एक्सरे मेसिनद्वारा क्षयरोग खोज पडताल अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ।
त्रिवेणी सुस्ता स्वास्थ्य चौकीको सभाहलमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

विनयी त्रिवेणी वडा न.७ को वडा अध्यक्ष उमेश कार्कीको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा कार्कीले क्षयरोग हालको समयमा भुसको आगो जस्तो फैलिरहेको अवस्थामा यसको रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सहित स्वास्थ्य परिक्षण गर्नु प्रमुख दायित्व रहने बताउनुभयो।
कार्यक्रममा त्रिवेणी सुस्ता स्वास्थ्य चौकी प्रमुख रघुनाथ भट्टराईले कार्यक्रमको सहजीकरण गर्दै नेपालमा क्षयरोगको अवस्था,रोकथामका प्रयासमा भएको प्रगति एवं क्षयरोगमुक्त नेपाल निर्माणबारे सरोकारवाला निकायको भुमिकाबारे जानकारी गराउनु भयो।

सो अवसरमा वडा न.७ की वडा सदस्य शोभा क्षेत्री, पत्रकार आर.पि.उपाध्याय लगायतले कार्यक्रमको महत्व र रोकथाममा भएको प्रयासबारे प्रतिक्रिया मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा वडा न.६ र ७ का महिला स्वास्थ्य स्वयंसेविका र वडा सदस्यहरुको पनि उपस्थिति रहेको आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

