Rashtriya Dainik

पत्रकार रजकको हत्या र सञ्चार माध्यमहरुको ज्यादतीका विरुद्ध नवलपरासीमा बिरोध सभा

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ चैत

नेपाल पत्रकार महासंघले शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन गरेको छ।

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाले पनि आज सदरमुकाम परासीमा विरोध सभा गरेको छ । परासी लोकतान्त्रीक चोकबाट सुरु भएको सभा वुद्धचोकमा पुगेर कोणा सभामा परिणत भएको थियो ।

महासंघको कार्यक्रममा नागरिक समाज, पेशाकर्मी राजनितिज्ञ लगायतले पनि एक्वद्धता जनाएका छन् । लोकतान्त्रीक चोकबाट सुरु भएको विरोध र्यालीमा पत्रकारहरुले पत्रकार सुरेज रजकको हत्यारालाई कारवाही गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, पत्रकार र मिडिया हाउस माथीको आक्रमण बन्द गर जस्ता प्लेकार्ड बोकेका थिए ।

कार्यक्रमा बोल्दै प्रदेश सभा सदस्य वैजनाथ जयसवालले राजालाई संविधान मानेर राजनितिमा आएर स्थापित हुन चुनौती दिनुभयो । संगै राजवादी भनिने दलहरुतर्फ ईंगित गर्दे उहाँले जनताबाट चुनिएर संसदमा पनि आउने, सत्तामा बस्ने र ह्रिसंक आन्दोलन गर्ने कार्य स्वीकार्य नहुने भन्दै राजतन्त्रको विषय बुलेटले नभई व्यालेटले निर्धारण गर्ने बताउनुभयो ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष केशव पराजुलीले पत्रकार महासंघको आन्दोलनमा सबैलाई होमिन आह्वान गर्नुभयो ।

कार्यक्रममा नेपाल बार एसोसियसन नवलपरासीका सचिव भवराज पाण्डे , उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष गिरीराज पाण्डे , नागरिक समाजका पुर्व अध्यक्ष शम्भु उपाध्याय र नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवालीले स्वतन्त्र प्रेसमाथीको आक्रमण स्वीकार्य नहुने र घटना निन्दनिय रहेको बताउनुभयो ।

यसैबिचनेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित