सुरेश यादव / नवलपरासी ,१६ चैत
राजसंस्था पुनर्स्थापनाको माग राख्दै भएको आन्दोलनमा परि जनधनको क्षतिप्रति नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको गम्भीर ध्यानाकर्षण भएको छ ।
काठमाण्डौको तिनकुनेमा हिजो भएको आन्दोलनमा सहभागी अराजक समुहले गरेको आगजनीको कारण समाचार संकलनको क्रममा रहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो।साथै विभिन्न संचारगृहको भवनमा आगजनी , ढुंगामुडा प्रहार, सवारीसाधनमा तोडफोड र संचारकर्मीलाई आतंकित तुल्याउने काम गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
जनतालाई सु-शुचित गराउन सहयोग पुर्गाउने प्रेसजस्तो भरपर्दो सञ्चारमाध्यम र संचारकर्मीहरुको ज्यानै जाने गरी भएको यस्ता गतिबिधी प्रति महासंघले घोर आपत्ति ठहर गरेको छ । साथै पत्रकार रजकको निधन खबरले नवलपरासी पत्रकार महासंघलाई स्तब्ध बनाएको जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ । महासंघले यस्ता अमानवीय घटनाको गहिरो छानबिन गरी दोषी उपर कानुनी कारवाही गर्न, क्षति पुर्याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, संचारगृह र सञ्चारकर्मीहरुको सुरक्षामा गम्भीर हुन आग्रह समेत गरेको छ ।
आन्दोलनको नाममा संचारकर्मीको ज्यानै लिने, प्रेसलाई आतंकित तथा त्रसित बनाउने काम कहिल्यै स्वीकार नहुने जनाएको छ । साथै लोकतन्त्र र प्रेसविरोधी क्रियाकलाप नदोहराउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ ।
यसैबिच पत्रकारको हत्या, सञ्चार गृहमाथिको आक्रमण र आगजनी एवम अराजक गतिविधिविरूद्ध पेशागत संघसंस्थाहरुको सहभागितामा पत्रकार महासंघ जिल्ला शाखाको नेतृत्वमा शनिबार साँझ ५ बजे परासी बुद्धचोकमा बिरोध कार्यक्रम आयोजना गरिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

