Rashtriya Dainik

सुनवल हाट बजार व्यवसायी समितिको प्रथम साधारण सभा तथा अधिवेसन सम्पन्न

अमृता सुनार/नवलपरासी ,चैत १६

सुनवल हाट बजार व्यवसायी समिति सुनवल १ सोमनाथको प्रथम साधारण सभा तथा अधिवेसन सम्पन्न भएको छ । बजार व्यवस्थापन समितीका अध्यक्ष नर बहादुर बुढाथोकी मगरको अध्यक्षता तथा सुनवल नगरपालिकाका निबर्तमान नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै निबर्तमान नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले हाट बजार व्यवसायीले स्वरोजगारको वातावरण सिर्जना गरेको बताउनुभयो । उहाले व्यवसायीहरु फुट्ने हैन जुट्ने तर्फ लाग्नुपर्ने बताउदै प्रतिष्पर्धा गुणस्तरीयता र सेवामा हुनुपर्छ व्यवसायीहरुले एकजुट भएर सक्षम नेतृत्व चयन गर्न सक्नुपर्छ साथै उहाले हाट बजारलाई थप व्यवस्थित गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । पहिले हाट बजार भद्रगोल अवस्थामा थिए विगतमा भन्दा अहिले सुधार भएको छ तर अझै व्यवस्थित गर्दै लैजानुपर्ने बताउनुभयो ।
कार्यक्रममा सस्थाको प्रगति प्रतिवेदन सस्थाका अध्यक्ष नर बहादुर बुढाथोकीले ,सस्थाको सांगठनिक प्रतिबेदन सस्थाका कार्यवहाक सचिव संजय तिवारीले प्रस्तुत गर्नुभएको थियो । सस्थाको आर्थिक वर्ष २०८०/०८१ मा कुल आम्दानी ४ लाख ४५ हजार, कुल खर्च १ लाख ६९ हजार रहेको र कुल बचत २ लाख ७८ हजार रहेको कोषाध्यक्ष पार्बती बस्नेतको प्रतिवेदनमा जनाइएको छ ।
समितीका उपाध्यक्ष भिम प्रसाद दवाडीको स्वागत मन्तव्य रहेकोे कार्यक्रममा सुनवल वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा, वडा नं ६ का वडा अध्यक्ष हिमलाल शर्मा चापागाईं, उधोग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य,उपभोक्ता हकहित मन्च सुनवलका अध्यक्ष बिष्णु प्रसाद पौडेल, देवदह शाखा अध्यक्ष मनिराम भण्डारी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


कार्यक्रममा सुनवल मा.बि का १ जना विद्यार्थीलाइ १ वर्षको १२ हजार ५ सय छात्रावृत्ति प्रदान गरिनुको साथै लोक भजन मण्डली सुनवल द्वारा भजन र्कितन प्रस्तुत गरिएको थियो । समितीका सल्लाहकार संयोजक कृष्ण प्रसाद अर्यालको संचालनमा सम्पन्न कार्यक्रममा हाट बजार व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
आइतबारे तथा मंगलबारे हाटबजार व्यवस्थापन समितिको सस्था दर्ता पछिको अधिबेशन बाट नर बहादुर बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय गठन भएको छ । समितिको उपाध्यक्षमा भिम प्रसाद पराजुली, सचिवमा संजय तिवारी, कोषाध्यक्षमा पार्वती बस्नेत, सहसचिवमा रमेश प्रसाई, सदस्यहरुमा क्रमश किर्ति थापा, राजु भुर्तेल, दिपा रायमाझी, होमनाथ पौडेल, टेक नारायण सुवेदी र लिला बहादुर कवर चयन हुनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित